काठमाडौँ/ गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् ।

लगभग दुइ दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् । केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् ।

उनि गायक मात्र नभएर एक कुशल र बरिष्ट थान्का आर्टिस्ट हुन् । बिगत २ दशक देखि थान्का ब्यबसाय गर्दै आएका उनि नेपालको टप १० थान्का आर्टिस्टमा पर्न सफल भएका छन् भने गायक उर्गेन एक कुशल तबला बादक पनि हुन् ।

चाडैनै उनि नँया गित “फुलको माला उनेर” को म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा फर्किन लागेका छन्भ, भने उक्त म्युजिक भिडियोमा चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन् ।