पथरी/ नेपाल सरकारको अनुदानमा बहुजातीय तथा सांस्कृतीक संग्राहलय बनाउने स्थानमा धमाधम व्यक्तिगत अर्धपक्कि घरहरु निमार्ण गरिरहेको छ ।

मोरङको भूटानी शरणार्थी शिविर भित्र क्षेत्र नै किटान नगरी जता ततै स्वदेशमै रहेका भूटानी शरणार्थीहरुले अर्धपक्कि घर बनाउ थालेको हो । शरणार्थीहरुको यस किसिमको व्यवहारले सम्पूर्ण नगरबासीहरु बहुजातीय तथा सांस्कृतीक संग्राहलय र नमूना नगरपालिका कार्यालय बन्न नदिने हो कि भन्ने चिन्ताव्यक्त गरेका छन् ।

पूर्वपश्चिम राजमार्गमै सटेको दक्षिण भागमा शरणार्थी शिविर छ । शिविरको बिच भागबाट भारतको सिमाना पुग्ने मनमोहन– मान्धी मार्ग पर्दछ । बिशेष गरी शरणार्थीहरुले मनमोहन– मान्धी मार्गको पूर्वपश्चिम बाटो सटेर अर्धपक्कि घरहरु निमार्ण गरिरहेको छ ।

मोरङ क्षेत्र नम्बर –३,बाट चुनाव जितेर कानुन,न्याय तथा संसदीय मामिला मन्त्री बनेका भानुभक्त ढकालको पहलमा पथरीशनिश्चरे–१० मा रहेका भूटानी शरणार्थी शिविरमा बहुजातीय तथा सांस्कृतीक संग्राहलाय बन्न लागेको हो । चुनाव ताका जनताको घर–घर भूटानी शरणार्थी शिविर रहेको ४८ हेक्टर जग्गामा बहुजातीय तथा सांस्कृतीक संग्राहलाय बनाउने बाचा गरेका थिए ।

मन्त्री ढकालको पहलमा १ नम्बर प्रदेश सरकारले सो संग्राहलाय निमार्णको लागी यसै आर्थिक वर्षमा ५० करोड छुटयाई सकेको स्थानीय नेकपाका नेता युवराज बास्कोटाले बताए ।

त्यस स्थानमा संग्राहलाय साथ साथै अत्याधुनिक साधन–स्रोत र सामथ्र्य सहित भएको पथरीशनिश्चरे नगरपालिकाको कार्यालय निर्माण गर्ने, साधन–स्रोत सम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रीय स्तरको स्टेडियम निर्माण गर्ने आदि विषयमा २०६८ सालमै सर्वदलिय निर्णय गरी मन्त्रिपरिसदबाट पास भईसकेको छ ।

शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (यूएनएचसीआर) को आर्थिक सहयोगमा नेपालमै रहेका शरणार्थीहरुलाई घर बनाईदिर्दै गरेको हो । शरणार्थी तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिकासहितका युरोपेली मुलुकमा बसाइँ सरेपछि पथरीशनिश्चरे शिविरमा बाँकी रहेका उनिहरुको सन्तानको ४ सय ५० घर परिवारलाई घर बनाउने यूएनएचसीआरको योजना रहेको छ ।

पथरीशनिश्चरे शिविरमा यस पटक ७० घर निर्माण हुने र अर्को वर्ष अरु घरहरु निर्माण हुने क्याम्प सचिव चम्फासिंङ राईले बताए । यसमा हाम्रो दोस छैना नगरपालिका र यूएनएचसीआरको सम्झौंता अनुरुप काम भैरहेको सचिव राईले बताए ।

तर नगरपालिकाका प्रमुख दिलिप कुमार राईले सरकारले बहुजातीय संग्राहलय निर्माण गर्ने भनेर उद्दघोष गर्नु भन्दा पहिले सम्झौंता भएको बताए । बहुजातीय संग्राहलय नबन्ने हो की भन्ने प्रश्नमा प्रमुख राईले बन्नु पर्छ घरहरु भत्किन्छन भनेका छन् ।

तर क्याम सचिव राईले यस बिषयमा २ देखि ४ लाख सम्म खर्च गरेर निर्माण गरिएको घरहरु २० बर्षको क्षमताको हो । यदि निर्माण भएको घर भत्काउने हो भने नेपाल सरकारले यसको क्षतीपूर्ती दिनु पर्ने बताए ।

यूएनएचसीआरले शरणार्थीहरुको घर बनाउँदा जता त तै नभई एकै स्थानमा क्षेत्र किटान गरी व्यवस्थीत गरी मिलाएर बनाउनु पर्ने माग गरेका छन् । वडा नं. १० का समाजसेवी युवराज बास्कोटा यज्ञले असोज १३ गते वडा नं. १० को वडाध्यक्षलाई ध्यानआकर्षण पत्र दर्ता गराएको थियो ।

सरकारले बहुजातीय संग्राहलय बनाउन रकम बिनियोजन गरिरहदा यस किसिमको गतिविधिले कार्यक्रम हुन नदिने चलखेलमा लागिपरेको आरोप लगाए ।  पथरीशनिश्चरे शरणार्थी शिविर बसेको २६ वर्ष भैसकेको छ ।

सुरुमा १६ हजार शरणार्थी बसोबास गरेका थिए । पछि शिविरमा २४ हजार सम्म पुगेको यूएनएचसीआरको २०१२ को जनगणनाको तत्याङ्कमा छ । यूएनएचसीआरले प्रथम पटक २००७ मा जनगणना गरेको थियो ।

अहिले १ लाखको संख्यामा अमेरिका सहितका ८ वटा देशमा पुनर्वास भएपछि हाल झापा र मोरङको शिविरमा ६ हजार ५ सयको संख्यामा मात्र शरणार्थी रहेका छन् । ति मध्ये केहि तेस्रो मुलुको प्रोसेसमा अझै रहेको छ ।