विराटनगर /  मोरङ प्रहरीले चिट्ठा प¥यो भन्दै भाईबर र इमोमार्फत ठगी गर्ने पाँच जना भारतीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई बुधबार विराटनगरको भन्सार छेउबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भारतको अररिया जिल्लाको फारवीसगन्जका मनोजकुमार ठाकुर, चन्दन कुमार, अमित कुमार, रविन कुमार र भारत जोगवनीका पंकज कुमार रहेका छन् । प्रहरीका अनुसार उनीहरुका साथबाट ५० हजार नेपाली र ३० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेका पाँचै जना लामो समयदेखि नेपालमै बसेर भाईबर र इमोमार्फत चिट्ठा परेको छ भन्दै नेपाली नागरिकलाई झुक्याएर ठगी गर्ने धन्दामा संलग्न रहेको खुलेको छ ।