रङ्गेली / नेपाली कांग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले प्रतिपक्षीको भुमिकामा कांग्रेस कमजोर नभएको बताएका छन् । ‘हामीले नेकपाको कामको अवस्था र प्रकृति अनुसार राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गरेका छौ ।’– नेता रिजालले भने । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघको केन्द्रिय कार्यसमितिको मोरङको बुढिगंगा गाउँपालिकामा बुधवार आयोजित कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रिजालले सरकारले गरेका कार्यहरु चित्त वुझ्दो नभएको आरोप लगाए । सरकारले गरेका नराम्रा कामको डटेर विरोध गर्ने र त्यसखाले गतिविधिलाई कुनै हालतमा सम्पन्न हुन नदिने बताए । यस्तै प्रदेश सभा सदस्य केदार कार्कीले मगरहरुको हक अधिकारका सवालमा आवाज उठाउन नेतृत्वलाई आग्रह गरे । यस्तै रतुवामाई नगरपालिकाका मेयर रविन राइले जातिय पहिचान र संस्कृती जोगाउन लाग्नुपर्ने बताए । देशका विभिन्न जिल्लाबाट भेला भएका मगरहरुले आफ्नो हक ,अधिकार र क्षेत्राधिकारमा पहुच पु¥याउन आबश्यक रहेको बताएका थिए ।