विराटनगर / विराटनगरको ठूला व्यापारिक घरानाका नाम चलेका व्यापारीहरू जुवा खालबाट पक्राउ परेपछि उनीहरूलाई छुटाउन लागि परेका यहाँका प्रतिष्ठित उद्योगीको प्रयास असफल भएको छ ।  दलका नेताहरूसम्मलाई भनसुन गरेर प्रहरीलाई दबाव दिएर छुटाउन लागि परेका उद्योगी तथा व्यापारीहरूको प्रयास असफल बनेको हो । अन्त्यमा जुवा खेल्ने व्यापारी चार दिन प्रहरीको हिरासतमा बसेर बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा पाँच जनाले ६० हजार रुपैयाँ धरौटि बुझाएपछि मात्र छुटेका हुन । उनीहरुलाई विना धरौटी पक्राउ लगत्तै छुटाउने प्रयास गरिएको थियो । जुवा खेल्ने स्वस्तिक जुट मिलका मालिक विराटनगरका नाम चलेका व्यापारी चम्पालाल राठिसहित पाँच जना व्यापारीहरूले जनही १२÷१२ हजार रुपैयाँ धरौटी जिप्रका मोरङलाई बुझाएको प्रशासन कार्यालयले जनाएको छ । जुवा खेलेर धरौटि बुझाएर छुटेनेहरू विराटनगर– ५ बस्ने वर्षिय जीवन रिजाल, विराटनगर– ३ बस्ने ५१ वर्षिय मुकेश कुमार अग्रवाल, विराटनगर– ७ बस्ने ५१ वर्षिय बिमल अग्रवाल र ३८ वर्षिय हंशराज जैन छन् । उनीहरूले मोरङको बुढीगंगा गाउँपालिका २ गंगा चौकमा स्थित एक उद्योगको गोदाम घरमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । खालबाट प्रहरीले नगद १ लाख ९० हजार १ सय ४० रुपैयाँ बरामद गरेको रकम समेत जफद भएको छ ।