इटहरी /  इटहरीका मेयर द्धारिकलाल चौधरी अहिले नगरवासीको घरदैलोमा पुग्न थालेका छन् । नगरवासीको समस्या बुझ्न उनी अहिले घर दैलो अभियानमा निस्केका हुन । अहिले प्रायः दैनिक जसो गाउँ टोलमा गएर विकास निर्माणका विषयमा स्थानीयसँग भलाकुसारी गर्छन ।  इटहरीको बडहरादेखि तरहरा जोड्ने करिब ७ किलोमिटर सडक बहुबर्षे योजना अन्तर्गत तीन वर्षमा कालोपत्रे गरिसक्ने पनि उनले बताए । सो बाटो वडा नम्बर १८, १९ र २० लाई जोड्ने ग्रामीण क्षेत्रको मूलबाटो लाई ब्यवस्थीत गदै लौजाने मेयर चौधरीको भनाई छ । उपमहानगरले किसान लक्षित विभिन्न कार्यक्रम गर्ने पनि उनले जनाएका छन् । यसै वर्षदेखि किसान लक्षित कार्यक्रम अघि बढाइने उनको भनाइ छ । अहिले सबै वडा र टोलमा गएर सर्वसाधरणहरुको गुनासो सुन्दै ब्यवहारमा लाग्नु गर्ने तयारीमा छौ मेयर चौधरीले भने । पछिल्लो केहि समय यता मेयर चौधरीको आलोचना हुन थाले पछि अहिले मेयर जनताको राय माग्दै गाउँ जान थालेका हुन । गाउँमा पुगेर उनीहरुको गुनासो सुन्ने गरेका छन् । त्यहाँको समस्याबारे जानकारी लिएर कसरी समाधान गर्ने भन्ने विषयमा छलफल गर्ने गरेको नगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले जानकारी दिए ।