बेलबारी । आधुनिक संगीतका पारखीहरुको मन जित्दै आएको अनुप्रस्थ व्याण्डले मंगलबार साँझ केराबारी बजारमा बेजोड सांगीतिक प्रस्तुति राखेका थिए ।

केराबारी डे केयरको आयोजनामा भएको सांगीतिक कार्यक्रममा व्याण्डका कलाकारहरुले चर्चित गीत चरी भरर डाडैमा बसेर रोउँ की धरर ...को प्रस्तुतिमा नयाँ पुस्ताका संगीतप्रेमीहरु गाउँदै नाचेका थिए । त्यसैगरी व्याण्डले छातिमा मेरो यो छोटो भोटो कम्मरमा टालेको सोध आमालाई......, गुरासै फूल्यो बनैमा......, लगायत आधा दर्जन गीतहरुको प्रस्तुतिले रात्रीकालिन केराबारी बजार संगीतमय बनेको थियो ।

चिसो मौसम शुरु भईसकेको अवस्थामा चर्चित गायक गंगा वरदानले उनको चर्चित गीत  छपनीले छानछान डबकीले हान....डबकीको निघारैले लाग्यो मलाई बाण बोलको गीत सहित तीन ओटा गीत प्रस्तुत गरेका थिए  ।

केराबारीमा दोश्रो सांगीतिक कार्यक्रमको रुपमा प्रस्तुत गरिएको मछिन्द्र सांगीतिक साँझमा  स्थानीय कलाकारहरुले पनि संगसंगै गाउने अवशर पाएका थिए । गायकहरु टंक लिम्बू,यज्ञ श्रेष्ठ,विनोद रिजाल लगायतका कलाकारहरुले गीत नेपाली तथा हिन्दी गीत गाएर मनोरञ्जन दिलाएका थिए ।