ब्लाष्टखबर । उदाउँदो विहानी पखको सूर्यलाई अर्घ दिइ यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ  । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिए ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ । तराई क्षेत्रमा मात्र मनाइने यस पर्व, हाल पहाडी क्षेत्रसहित प्रमुख शहरमा छठको रौनक बढ्न थालेको छ । यस पर्वमा पहाडी क्षेत्रका मानिस पनि उत्तिकै सहभागी हुन थालेका छन् ।

https://www.youtube.com/watch?v=LfzwRB6tHw4&feature=youtu.be