https://www.youtube.com/watch?v=WckF4MLtsh0

धरान /  बादर आतंकका कारण धरनेहरुले अहिले हैरानी व्यहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । हुलका हुल बाँदर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकााएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागब्जी व्यापारीहरुको चोरेर खाइदिने मात्र हैन जथाभावी बजार छिरेका यस्ता बादरले पसलमा राखेका सामाग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृंखल काम गरेर क्षति पु¥याउने गरेको स्थानीयले बताएका छन् । बाँदरको हैरानीका कारण घरमा अतिरिक्त चर्ख गरेर चारजाली, गेट बनाउदासमेत हैरानी गर्न नछाडेको धरान १ का स्थानीयवासी समर अग्रवालले बताए ।  बाँदर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बाँदर पीडित संघर्ष समिति गठन गरेर बाँदर व्यवस्थापननका लागि धरान उपमहान

गरपालिका, जिल्ला वन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय, अञ्चल प्रशासन कार्यालयलगायतमा ज्ञापनपत्र समेत बुझाएका थिए । तर उनीहरुको गुनासोको उचित व्यवस्थापन नहुदा बाँदर आकंक झन विकराल बन्दै गएको बाँदर पीडित संघर्ष समितिका संयोजक सकुल श्रेष्ठ बताए ।

पाँच बर्षदेखि बाँदर व्यवस्थापनका लागि आन्दोलनमा उत्रदै आएको यो समितिको अनुरोधलाई दुई बर्ष अगाडी तत्कालिन कार्यकारी अधिकृत विष्णु कोइरालाले केही पहल गरे पनि त्यसले पूर्णता पाउन नसकेको संघर्ष समितिका संंयोजक श्रेष्ठको भनाई छ । बाँदर नियन्त्रणका लागि उपमहानगरपालिकाले ८ लाख बजेट विनियोजन भए पनि सदुपयोग नभएको स्थानीयले गुनासो गरेका छन् । विगतमा बाँदरले मुख्य गरेर धरान १४ विजयपुर, धरान १ रेडक्रस लाइन, धरान २ पुरानो बजार, धरान ३ माछाभौडीमा दुख दिने गरे पनि अहिले भने बादरको संख्यामा वृद्धि हुदै गएको र विस्तारै धरानको मुटु मानिएको भानुचौके बीच बजार महेन्द्र पथ, धरान १२ चतरालाइनलगायतका बजार क्षेत्रमामासमेत प्रवेश गरेर दुःख दिन थालेका छन् ।

केही समय अगाडी तत्कालीन कार्यकारी अधिकृत कोइरालाले बाँदर व्यवस्थापनका लागि कोशी टप्पु वन्य जन्तु आरक्षणबाट प्राविधिक मगाएर बाँदर समातेर अन्यत्र लाने काम भएको थियो तर उक्त कामलाई निरन्तरता नदिदा समस्या जस्ताकोतस्तै बनेको छ ।  ‘पाँचबर्षदेखि लगातार व्यवस्थापन गर्न विभिन्न निकायमा अनुरोध गर्दा समेत सुनुवाई भएन । अव १ नं. प्रदेश सरकारलाई गुहार्ने सोचमा छौ ।’–श्रेष्ठले भने । अहिले धरानमा ४ सयदेखि ५ सय बादर रहेको अनुमान छ । बाँदरका कारण आफूहरुले धेरै हैरानी खेप्नु परेको स्थानीयहरुको समेत भनाई । उनीहरुले समेत बादर व्यवस्थापनका लागि पहल गरिदिन धरान उपमहानगरपालिकालाई आग्रह गरेका छन् । अहिले बाँदर धरानको बीचमा रहेको घण्टाघर वरिपरि समेत बादरले दुःख दिने गरेको त्यहाका स्थानीय राज राईको भनाई छ ।

बाँदर व्यवस्थापनका विषयमा स्थानीय सरकार धरान उपमहानगरपालिकाले यो वन कार्यलयसँग सम्बन्धि भएको बताउदै आएको छ । वन कार्यलयले भने स्थानीय सरकारलाई नै देखाउने गरेकाले बाँदर आतंकका कारण राहतकोको सास फेर्न सकेका छैनन् ।  बाँदर आतंककै कारण सर्वसाधारणले ढुक्कसंग बस्न सकेका छ्रैनन् । कतिखेर बाँदर पस्ने हो र सर्वनाश गरिदिने हो भन्ने त्रासमा दिन वित्ने गरेको छ । उनीहरु वाँदरकै कारण विस्थापित हुने अवस्था आउने भन्दै सम्बन्धि पक्षलाई समाधान गरदिन आग्रह गदै आइहेका छन् ।

बाँदरलाई बासस्थान अभाव

पाँच सय हाराहारीमा रहेका बाँदरलाई यति बेला उचित वासस्थान र आहारविहारका लागि स्थान अभाव छ । धरान–१४ स्थित विजयपुर क्षेत्रको जंगल तथा ४ नं. वडाको जंगल क्षेत्रमाा मावनबस्ती क्रमशः बढ्दै गए पछि बाँदर शहर पसेका हुन । बाँदरको वासस्थान रुख हो । रातभरी रुखमा सुत्ने र उज्यालो भए पछि आहारको लागि जंगल घुम्ने गर्दछन् । फलफुल। कन्दमुल उनीहरुको आहार हो । तर जंगल मासेर सडक विस्तार, घर निर्माण भए पछि उनीहरुको वास स्थान हराएको छ । बासस्थान हराए पछि ती बाँदरहरु पनि मानववस्ती प्रवेश गरि उनीहरुले लगाएको फलफलगायतका अन्य खाने,विगार गर्ने गरेका छन् । मानवबस्ती पसेका बाँदरलाई उनीहरुको वास स्थानको उचित व्यवथापन स्थानीय सरकारले गनुृ पर्ने देखिन्छ । धरानको यो समस्यालाई सुल्झाउन समयमा पहल नगर्ने हो भने मासिन र बाँदरको द्वन्द्वले भविष्यमा ठूलो मानविय क्षति बेहोर्नु पर्ने स्थिति नआउन भन्न सकिदैन् ।

भारतको आसाममा बाँदर र मानवविचको द्वन्द्वबाट पाठ सिकौ दक्षिण भारतको आसामस्थित बादरपुरघाट र करिमजंगमा गरिएको वाँदर र मानवविचको द्वन्द्वको विषयमा सन् २०१४मा गरिएको एक अध्ययन अनुसार त्यहाँ जंगल फटाडी गरि मावनबस्ती बसालेको कारण बाँदरको वासस्थान मासिएको थियो । मानिसहरुबाट अन्य फलफल खोसेर बाँदरले खादा भएको द्वन्द्वमा ३४ जनाको मृत्यु भएको थियो । बाँदरले नङग्राएु ७६ जना प्रभावित भएका थिए । पलाव देव, प्रभातकुमार राई, पीसी भट्टचार्जीले गरेको सयुक्त अध्ययन अनुसार बाँदर मानवविचको द्वन्द्वमा ४५ प्रतिशत महिलाहरु पीडित भएका थिए । ३४ प्रतिशत बालबालिकाहरु बाँदरको आक्रमणको सिकार भएका थिए ।