उदयपुर/ विकट पहाडी भोगमा सडकको पहुँच नहुँदा बाँस व्यापारीको लागि सप्तकोसी नदी आर्थीक मार्ग बन्दै गएको छ ।  सप्तकोशीमा उदयपुर, भोजपुर, धनकुटा, सुनसरी लगायतका जिल्लाको विकट पहाडी भू-भागमा उत्पान भएको बाँस विभिन्न सहर बजारमा बिक्रीको लागि लैजान सप्तकोशी नदी ढुवानी मार्ग बन्दै गएको हो ।

बाँस व्यापारीहरु हिउँद सिजनमा उक्त जिल्लाको पहाडी भेगका गाउँघरमा पुगेर बाँस खरीद गरि ठूल ठूला मुठा बाँधेर दीमा बगाउँदै यातायातको पहुँच भएको ठाउँ सम्म पुर्याई सहर बजारमा लगेर बेच्ने गर्दछन् ।

कोशीको पानीलाई ढुवानी मार्ग बनाई दैनिक दुई हजारको संख्यामा बाँस ल्याउने गरेको बेलका नगरपालिका-७ का स्थानीय बाँस व्यापारी कमलबहादुर राईले बताए । सडकको सुविधा नभएपछि विकट पहाडी गाउँबाट नदी सम्म बाँस झारी दुई सय ५० घनाको मुठा बाँधेर कोशीमा बगाउदै चतरा कोशी व्यारेज सम्म झर्नु पर्ने बाध्य भएको राईले बताए ।

भोजपुर र धनकुटाको केही गाउँको बाँस अरुण र तमोर नदीमा बगाउदै सप्तकोशी हुदै चतरा कोशी व्यारेज सम्म ढुवानी गर्ने गरेको राईले बताए ।

गाउँघरमा सडकको टूयाक मात्र पुगेको छ हिउँद खन्ने वर्षा भत्कने भएकोले बाँस ढुवानी गर्न कुनै उपयुक्त यातायात सधन नभएकोले बाँसको घनालाई बाँधेर कोसीमा बगाउनु बाहेक केही विकल्प नभएको बास व्यापारी चन्द्र बहादुर राईले बताए ।

गाउँघरबाट बाँस ज्यानको बाजी लगाएर नदीमा ढुवानी गर्नु पर्ने राईले बताए । बाँस तराई तथा विभिन्न ठूल ठुला सहरमा जाने भएकोले जोखीम अनुसार नाफा पनि उतिकै छ । बाँस धरान, विराटनगर, काठमाण्डौँ लगायतको विभिन्न सहरमा पुग्ने गरेको राईले बताए ।

बाँसको बोटमा प्रती घना एक सय २० रुपैया पर्ने बाँस धरान, विराटनगर, काठमाण्डौँ लगायतको विभिन्न सहरमा बजारमा घनाको २ सय रुपैयाले विक्रि गर्ने राईले बताए ।  ३०/३५ फिटको बाँस कोसीमा बगाएर चतारघाट कोशी व्यारेज पु¥याएर टूकमा हालेर बिक्री गर्न लैजाने गरेको राईले बताए ।

कोसी नदीबाट दैनिक करिब ३ लाख बराबरको कारोबार हुने गरेको व्यापारीहरु बताउछन् ।