पाँचथर/ भारतको सिक्किमबाट पहिलो पटक लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ (पैचो) बन्ने भएको छ ।

चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ । चलचित्र छायाङकनका लागि सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँको अध्ययन, अवलोकन भइरहेको निर्माताद्वय मणि तम्लिङ र बिराज लिम्बूले बताए ।

सिक्किममा ग्रेजुएट लेवलमा अध्ययन, अध्यापन भइरहेको देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई दृष्यमा उतार्न लागिएको हो । उपन्यासलाई पटकथा र संवादमा भने सागर केरुङले ढालेका छन् । लोकेशन हन्टिङको काम सम्पन्न भइसकेपछि चलचित्रको लागत अनुमान तयार हुने निर्माताद्वयले बताए ।

चलचित्रको छायाङ्कन आउँदो जनवरीदेखि गरिने निर्माण पक्षले जनाएको छ । चलचित्र सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित रहने बताइएको छ ।