विराटनगर/ उदाउँदो विहानी पखको सूर्यलाई अर्घ दिइ यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिए ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ । विराटनगरको सिंघिया, केसलिया खोला र नहरहरुमा श्रद्धालुहरुको घुइँचो थियो ।

  [caption id="attachment_100048" align="aligncenter" width="952"] तस्विरहरू : अनिल श्रेष्ठ[/caption]