वि.सं. २०७५ साल कात्तिक २८ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर १४ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– सप्तमी, २९:०६ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। (नेपाली पात्रो) कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे लक्ष्यमा पुग्न अरूका लागि केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि आकर्षक उपहारले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। बिछोडिएका आफन्तहरू नजिकिनेछन्। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। मनग्गे रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ।