[caption id="attachment_99967" align="aligncenter" width="719"] प्रतिबद्धता जनाउन आयोजित कार्यक्रममा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन (दायाँ) र क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडेउ[/caption]

एजेन्सी/  विश्वका ५० वटा देश र १५० भन्दा बढी कम्पनीले इन्टरनेटबाट हुने आपराधिक गतिविधि रोक्न संयुक्त रुपमा लड्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले चुनावको समयमा हुने हस्तक्षेप र घृणा फैलाउने अभिव्यक्ति (हेट स्पीच) रोक्नसमेत संयुक्त प्रयास गर्ने जनाएका छन् । उक्त समूहमा अमेरिका, रसिया र चीन जस्ता मुलुकहरु भने समावेश छैनन् ।

पहिलो विश्वयुद्ध अन्त्यको १०० वर्ष पुगेको उपलक्ष्यमा गत आइतबार पेरिसमा आयोजित विशेष जमघटमा फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनले उक्त पहल गरेका हुन् । सरकार र कम्पनीहरुको साझा प्रतिबद्धताको शीर्षक ‘पेरिस कल फर ट्रस्ट एण्ड सेक्युरिटी इन साइबरस्पेस’ दिइएको छ ।

त्यसले अनलाइन सेन्सरसिप तथा व्यापारिक गोपनियताको चोरी जस्ता समस्या समाधानका लागि पनि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

उक्त अभियानलाई समर्थन गर्नेहरुमा युरोपेली संघ(ईयू)मा आवद्ध राष्ट्रहरु तथा  जापान र क्यानडालगायतका राष्ट्र तथा कम्पनीहरुमा  फेसबुक, गुगल, माइक्रोसफ्ट लगायत पनि सामेल छन् ।

आफ्नै पहल तथा युनेस्कोको आयोजनामा पेरिसमा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपतिले इन्टरनेटको अनुगमन गर्नु अब जरुरी भइसकेको बताएका थिए । उनले फेसबुकले फ्रेन्च अधिकारीहरुलाई हेट स्पीचलाई अनुगमन र त्यसलाई हटाउने तरिकाबारे अवलोकन गर्न दिने जनाएको समेत जानकारी दिएका थिए ।

https://www.youtube.com/watch?v=U3iQadmKPCM&feature=youtu.be