धनकुटा/ धनकुटाको हिलेमाबसोबास गरिहेका राई समुदायले आफ्नो जातिको भाषा, संस्कार, संस्कृति संरक्षण गर्न सहयोग पुर्याउने उदेश्यले यो वर्षको देउसे भैलो कार्यक्रमवाट १ लाख रुपयाँ नगद संकलन गरेका छन् ।

किराँत संस्कार, संस्कृति संरक्षण समिति धनकुटा-१ हिलेको आयोजनामा संचालित देउसे भैलो कार्यक्रमबाट १ लाख रुपयाँ संकलनगरिएको आईतबार साँझ सम्पन्न समापन समारोहमाजानकारी दिइएको छ ।

धनकुटानगरपालिका वडा नं.१ हिलेका वडाध्यक्ष निरेन तामाङको प्रमुखआतिथ्यमा सम्पन्न देउसे भैलो समापन समारोहमा समितिका सल्लाहकार पर्शुबहादुर राईले देउसेभैलो कार्यक्रमबाट १ लाख रुपयाँ संकलनगरिएको जानकारी दिए ।

उनले देउसे भैलो कार्यक्रमबाट संकलनभएको रकमले हिलेमा बसोबास गरिरहेका राई समुदायको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवापुग्ने कार्यक्रमहरुमा लगानी गर्ने बताए ।

सो अवसरमावोल्दै कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष निरेन तामाङले तिहार रमाइलो पर्वमा किराँत राई समुदायले आफ्नो समुदायको भाषा, संस्कार, संस्कृति संरक्षणमा योगदानगर्ने उदेश्यले आयोजना गरेको देउसे भैलो कार्यक्रम प्रभावकारी भएको बताए ।

उनले देउसे भैलोबाट संकलनभएको १ लाख रुपयाँ सानु पुँजीनभएको बताए । उनले प्रयोग गर्न जाने १ लाख रुपयाँले भाषा, संस्कार, संस्कृतिको क्षेत्रमा धेरै कामगर्न सकिने बताए ।

उनले हिलेमामिश्रित जातिको वसोवास रहेको भन्दै राई समुदायको संस्कार संस्कृतिजगेर्ना गर्न वडाको तर्फवाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

समितिकाअध्यक्षचन्द्र वहादुर राईको अध्यक्षतामा सम्पन्न देउसे भैलो समापन समारोहमा वडा नं.१ का वडा सदस्यलालचन्द्र गोङ्गवातामाङ, संस्थाका सल्लाहकार जीवन राई, उपाध्यक्षभानुभक्त राई, फोनिजकाअध्यक्ष सन्तवीर लामालगायतले आ-आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा देउसे भैलो कार्यक्रम सक्रियपुर्वक भागलिने कलाकार भाई बहिनीहरुलाई सम्मान-पत्र र मायाको चिनो करुवाप्रदानगरिएको थियो ।