[caption id="attachment_72849" align="aligncenter" width="800"] फायलफाेटाे[/caption]

इटहरी/ इटहरी–२० तरहरामा एक नम्बर प्रदेश स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ । सगरमाथा युवा क्लबको आयोजनामा कात्तिक २७ गतेबाट प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता संयोजक प्रदीप गुरुङका अनुसार प्रदेश १ का १४ टिम सहभागी बन्दै छन् । विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउने छन् । तरहरामा पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।

जिल्ला बास्केटबल सङ्घ सुनसरीको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको कुल लागत ३ लाख रुपैयाँ रहेको बताइएको छ ।