सिरहा । सिरहाको धनगढीमाई नगरपालिकामा माैउरीको टोकाईबाट एकको मृत्यु भएको छ भन्ने एकको अबस्था गम्भिर रहेको छ । आफनै खेतमाबारीमा आईतबार बिहान हल्लो जोतने क्रममा सिरहा धनगढीमाई नपा वडा नं. ४ बस्ने वर्ष ६० को सुकदेब महतो भन्ने (सुकन ) को घटना स्थलमा मृत्यु भएको स्थानिय विजय साहले बताए । त्यसै गरी आईतबार साझ बजार भरेर घर गई रहेको अवस्थामा स्थानिय कुशे महतोलाई माैउरीले टोकी घाईते बनाएको छ । टोकाईबाट सख्त घाईते भएका महतोको उपचार विपि कोराईला विज्ञान प्रतिष्ठान धरानमा उपचार भै रहेको स्थानियहरुले  जानकारी गराएका छन् ।