रङ्गेली । मंगलबार र बुधबार अस्ताउदो र उदाउदो सुर्यको आरधाना गरेर मनाइने छठ पुजाकालागी आवश्यक पुजा सामग्री खरिद गर्ने ब्रतालुहरुको बजारमा अहिले चहल पहल बढेको छ । छठ पुजाका लागी आवश्यक सामग्रीका लागी सधै भारतिय बजारको मुख ताक्नु पर्ने अवस्था कायम रहे पनि यसपटक पुजाकालागी अत्यावश्यक फलफुल मध्येको केराकोलागी नेपाली उत्पदन नै प्रयाप्त हुने व्यपारीहरुले बताएका छन् । विराटनगरका थोक केरा व्यवसायी संजय खट्टीलका अनुसार ४ सय घरी केरा सुनसरी र झापाबाट आयत गरीसकेको बताए । उनले यस पटकको छठ पुजाकोलागी भारतीय केरा आयात गर्नु नपर्ने बताए । संजयले सुनसहरीको भुटाहा, हरी नग्राबाट छठ पुजाकालागी प्रयाप्त काँचो केरा विराटनगर आएको बताए ।

त्यसैगरी विराटनगरको एक थोक फलफुल विक्रेताको टूकचालक एफडि मुन्नाले पुर्वकै विभिन्न स्थानबाट ल्याएका ४ टूक काँचो केरा छैठ पुजाकोलागी विराटनगर र आसपासको क्षेत्रमा बिक्री भईसकेको बताए । उनले थप ४ टूक केरा ल्याउने तयारी भइरहेको बताए । ल्याईएका काँचो केरा बिक्री हुदा ४ लाखको कारोबार हुने छ ।

सथै छठ पुजाकोलागी अत्यावश्यक फलफल मध्येको नरिवल भने भारत बाटै आयात गर्नु पर्ने अवस्था रहेको छ । नेपालमा नरिवलको प्रयाप्त खेति नहुने हुदा भारतबाट आयात गर्नु परेको हो । भारतको मद्रास बाट व्यापारीले नरिवल आयात गर्ने गरेका छन् । छठ पुजामा नरिवलको माग धेरै हुने भएकोले नेपालमा उत्पादन नपुग्ने हुदा भारतबाट आयत गर्नुपरेको व्यपारीको भनाई छ ।

तिहार पछि सबै भन्दा बढी माटाको भाडाको खपत छठ पुजामा हुने गरेको छ । अन्य समयमा खासै व्यपार नहुने भए पछि नेपालमा माटाको भाडाको उत्पादन घटेको छ । माटाको भाडाको व्यपार तिहार र छठमा बाहेक अन्य बेला खासै नहुदा पेसा नै परिवर्त गर्नेहरु पनि धेरै छन् । नेपालमा माटाको भाडाको प्रयाप्त उत्पादन नभए पछि भारतबाट नै आयात गर्नु पर्ने बाध्यता रहेको व्यापरिहरु बताउ छन् । सिमावर्ति भारतिय क्षेत्रका कतिपय माटाका भाडा बेचन नेपाल आउने गरेका छन् । त्यसै गरी छठ पुजामा प्रयोग हुने बासका विभिन्न सामग्री नाङलो ,कुनिया,ढाकीलागयतका सामाग्री पनि नेपाली उत्पादनले धान्दैन । त्यसकोलागी पनि भारतिय सामग्रीको मुख ताक्नु पर्ने अवस्था रहेको छ । स्वदेशि उत्पादनमा आत्मानिभर बन्न सरकारले चासो नदेखाउदा विभिन्न चाडपर्व मनाउन समेत विदेशी समग्रीमा निर्भ पर्नु पर्ने अवस्था रहेको छ । यसले सरकारको राष्टिूयताको नारालाई खिसिट्युरि गरेको छ