विजयपुर । धरान ५ कुलुङ चाेक नजिकै आइतबार राति आगलागी भएको छ ।

स्थानीय वीरबहादुर राईको घरमा आइतबार राति १० बजेको समयमा आगलागी हुँदा नगद  १२ हजारसहित एक तले टिनले बारेकाे घर पूर्णरूपमा क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

आगलागी विजुली सर्ट भएर भएको प्रहरीको भनाइ छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीको समयमा राई दम्पत्ति घर बाहिर रहेका थिए । अकास्मात आगो लागेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

आगलागी नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटा दमकल प्रयोग गरिएको थियो भने प्रहरी, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा सहयोग पुर्याएका थिए । आगलागी पश्चात अहिले राई परिवारकाे बिचल्ली भएको छ । ओत लाग्ने घर जलेका कारण पीडित परिवार बाहिरै बसेर रात काट्न बाध्य भएका छन् ।

ब्लाष्टखबर युट्युब