इटहरी नागरिक समाजले विगत वर्ष उठान गरेको प्रदेश नं. एकको राजधानी स्थान विषयक बौद्धिक बहस गरेको थियो भने राजधानी नामकरण विषयको प्राज्ञिक बहस २०७५ साल असोज २० गते नामकरण विषयगत पाँच आधारपत्र सहित इटहरीमा बौद्धिक तथा प्राज्ञिक संगोष्ठी सम्पन्न गर्यो ।

राजधानी स्थान र नामकरण विषयक अबौद्धिक प्रतिस्पर्धा नगरी यसरी स्वस्थ्य बौद्धिक,वैचारिक तथा प्राज्ञिक बहसको परिपाटी इटहरीले स’रु गर्दै आएको देखिन्छ ।

भूगोलविद् प्रा.उमानाथ रिजालले प्रदेशको नाम कोशी,वरिष्ठ पत्रकार तथा लेखक जनक ऋषि राईले किराँत,राजनीतिक विश्लेषक मोहन तिम्सिनाले चोमोलोङ्मा, वरिष्ठ शिक्षक सत्यनारायण राजधामीले सगरमाथा,वरिष्ठ लेखक विजय ल’म्फ’ङ्वा लिम्ब”ले लिम्ब’वान नामकरण विषयमा आधारपत्र सहित वृहत् विचार गोष्ठी सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका उपसभामुख सरस्वती पोखरेलले यस खालका रचनात्मक तथा बौद्धिक बहसले समस्याको सही रुपमा निरुपण गर्न भरपूर सहयोग पुर्याउने बताएकी थिइन् ।

नागरिक समाजका अध्यक्ष दिनेश रसाइलीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रदेश सभासद् अनिता बराइली, राजकुमार राई,सर्वध्वज साँवा,तुलसी न्यौपाने,मन्तव्य व्यक्त गरेका थिए ।

यस खालका वहस प्रदेशका समग्र जनताका अनुकूल र त्यस प्रदेशलाई समेट्ने उदार भावनाबाट निर्देशित हुनुपर्ने कुरा सबै वक्ताले उल्लेख गरेका थिए ।

कार्यक्रममा नागरिक समाज इटहरीका निवर्तमान अध्यक्ष कमलेश शर्मा पौडेल तथा समाजका महासचिव राजु के.सी.ले मन्तव्य राखेका थिए ।

एक नम्बर प्रदेशमा राजधानी र यसको नामकरण विषयमा प्रदेशभित्र पहिचान प्रतिस्पर्धा सुरु भएको देखिन्छ ।

यी दुवै मागका विषयमा विभिन्न क्षेत्र,जिल्ला,महानगर,उपमहा नगरपालिकाहरुमा यातायत अवरुद्ध गर्ने,जुलुस गर्ने सडकमै माग दाबी विषयहरुमा प्रतिरोधी र अवरोधी क्रियाकलाप भइरहेको परिप्रेक्षमा नागरिक समाज,इटहरीको आयोजनामा बौद्धिक र प्राज्ञिक पहिचान सहितको कार्यक्रम भएको छ ।

विगत एक वर्ष अघि नै नागरिक समाज,इटहरीको लामो पहलपछि इटहरी उप महानगर पालिकाका प्रम’ख,एरिना टेलिभिजनका प्रबन्धकलाई क्रमशः संयोजक सहसंयोजक तथा सचिव सहितको समिति सक्रिय रहेको थियो ।

यसले नै विज्ञ समूहले तयार पारेको प्रदेशको राजधानीको स्थान चयनको औचित्यता पुष्टि गर्ने खालको विषय पत्र तयार पारेको थियो ।

प्रा.उमानाथ रिजालको संयोजकत्वमा दिलकुमार बन,डम्बर खतिवडा,मोहन तिम्सिना,केशव दाहाल,रामप्रसाद चौलागाई सहितको समितिले प्रस्तुत गरेको प्रतिवेदन यस प्रदेशका १४ जिल्लाका सेवाग्राही तमाम जनताको समदूरीको अवस्थिति लगायत विषयमा आधारित थियो ।

प्रतिवेदनमा आवागमनको सहज पहुँच र सुविधा,आगामी दिनमा प्रदेशको फैलँदो सेवा र विकासको सम्भाव्य फैलावटलाई धान्न सक्ने भौगोलिक विस्तृत आयाम,सुरक्षाको सहज सम्भाव्यता र अनुकूलता ,हिमाल,पहाड र मधेसको सम्मिश्रित पक्ष,बहुसांस्कृतिक संम्मीलन सन्दर्भ,सम्भावित दैवी तथा प्राकृतिक विपत्तिको कम जोखिम,राजधानी बनाउँदा प्राकृतिक तथा पर्यावरणयीय विनासको कमी, हवाइ यातायातको निकटता,अनुकूलता र सहजता जस्ता अनेक विषय र अनेक प्राविधिक विषयको गहन अध्ययन आधारित थियो ।

यो प्रतिवेदन प्रदेश सभासद्,मन्त्रीहरुलाई समयमै अर्पित गरिएको समाजका सचिव आर.के.राई बताउँछन् ।

प्रदेश नं. एकको राजधानी समग्र प्रदेशको सेवा सुविधा प्रदायक सरकार हो । यसलाई प्रदेशका १४ जिल्लाको अनुकूल ,पाइक पर्दो,मध्य र मध्यवर्ती भागमा हुँदा त्यस भेग वरपरका करीब १० किलोमीटर वरपरका के्रता,विक्रेता,व्यवसायी र सेवाग्राहीहरु लाभान्वित हुन्थे ।

त्यसो नगरी राजधानीको स्थान चयन कोल्टे र दक्षिण सीमा निकट हुन गयो भने त्यसको अधिकांशतः अत्यधिक उपलब्धि सीमा पारि नै हुने निश्चित देखिन्छ ।

यस्ता संवेदनशील विषयमा क’नै पनि खाले आग्रह विपरीत

सामरिक र राष्टिूय सुरक्षाका दृष्टिले अत्यन्त अन’क”ल पहाडी उच्च शिखर सिन्धुली गढीलाई एउटा महत्वप”र्ण सैनिक किल्ला नबनाएको भए नेपालमाथि त्यतिबेलै आधुनिक शस्त्रअस्त्र सुसज्जित बृटिसको आधिपत्य हुन्थ्यो ।

त्यसो भएको भए ती बृटिस सेनाहरु काठमाडौँ हुँदै तिब्बत समेत प्रवेश गर्थे भनेर तत्कालीन अमेरिकी कुटनीतिज्ञ हेनरी किसिन्जरले आफ्नो अन चाइना किताबमा उल्लेख गरेका छन् ।

पृथिवी नारायण शाहकालदेखि बीचका अवधिको शासनकालमा क्षेत्रीय स्तरका मुकाम र गौडा,जिल्ला सरदर मुकाम चयन गर्ने कुरामा बहुतै होस विचार पुर्याएको हुँदा मुलुक र मुलुकको कुनै पनि क्षेत्र अपेक्षाकृत सुरक्षित हुन सकेको देखिन्छ ।

यस्ता विषयमा सम्बन्धित विषय विज्ञहरुको अध्ययन,अनुसन्धान र सुझाव सर्वोपरि महत्वको हुन्छ ।

अहिले प्रदेश नम्बर एकको राजधानी तोक्ने विषयमा पनि खास भूगोल,क्षेत्र र नश्ल आधारित सोच राख्ने हो भने भोलि  दुर्घटनामा पर्ने निश्चित देखिन्छ ।

नागरिक समाज,इटहरीको पहलमा लामो छलफल पछि नगर पालिकाका प्रमुख द्वारिकलाल चौधरी संयोजक, एरिना टेलिभिजनका प्रबन्धक समीर कार्की सहसंयोजक तथा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष शैलेस बिस्ट सचिव रहेको समितिले इटहरी हुँदै काठमाडौँ सम्म जाने यात्रुवाहक सवारी साधनमा यात्रारत व्यक्ति र व्यक्तित्वहरुलाई फूल र फूलको गुच्छा अर्र्पण गर्दै इटहरी र यस क्षेत्रको पेरिफेरिमा प्रदेशको राजधानी उपयुक्त हुने सन्देश प्रवाहित गरेको थियो ।

त्यही समितिले हुन पनि यस्ता विषय खोज,अनुसन्धान र बहसका विषय हुन् । पृथिवी नारायण शाहका पालादेखि बरु विभिन्न शासनकालमा यस्ता सामरिक र सुरक्षा संवेदनशील विषयमा बहुतै ध्यान दिएको देखिन्छ ।

अझ शाहले त सम्भावित वैदेशिक घुसपैठ,अतिक्रमण र आक्रमणबाट बच्न दीव्योपदेशमा अनेक उक्ति मार्फत् जुक्तिबुद्धि पुर्याएको देखिन्छ ।

गोरखाका राजा पृथिवी नारायण शाहले काठमाडौँलाई नै राजधानी बनाउनुको पछाडि सामरिक र सैन्य तथा सुरक्षा संदेनशीलताकै कारण हो ।

विज्ञ जनलाई थाहा भएको कुरा के हो भने

चीनको विश्व विख्यात पर्खाल देशलाई आक्रमणबाट बच्न बनाइएको हो । दश गजा क्षेत्र पनि नेपालको सरहद भूमि हो तर त्यहाँ अत्य न्त गम्भीर सुरक्षा संवेदनशीलता हुन्छ ।

त्यसमा पनि दक्षिणको छिमेक पृथिवी नारायण शाहको कुटनैतिक भाषामा महाचतुर छ ।

अर्थात् सोझो भाषामा र जनजिब्रोको भाषामा महाचतुरको अर्थ विशेषतः नेपाल र नेपालीको कहिल्यै हुँदो देख्न नसक्ने, दोधारे र दुइजिब्रे चरित्रको छ भन्ने हो ।

जस्ता राजा त्यस्तै प्रजा भनेझैँ अझ यस प्रदेशको दक्षिण छिमेक विहार परेको छ । यद्यपि त्यहाँ धेरै सुधार र परिवर्तन हुँदैछ तर त्यहाँको मानसिकता अझै सुध्रिएको छैन र सुध्रन धेरै वर्ष लाग्छ ।

त्यसमा पनि भारतीय र विहार सुरक्षाकर्मी नै सिधै नेपालका दक्षिण सीमावर्ती क्षेत्रमा प्रवेश गरेर उध’म मच्चाइ रहेको सबैलाई जानकारी भएकै कुरा हो ।

तर नेपालीमा अझै र त्यसमा पनि तमाम नेपालीका बीच तराइमधेसमा अनेकतामा एकताको भावना राम्ररी विकसित गर्न सकिएको छैन ।

स्रष्टा समाजले सामाजिक सद्भाव विकास केन्द्रित,राष्टिूय भाव केन्द्रित,संविधानमा निहित कला साहित्य र संस्कृति विषयक सिर्जनात्मक बहस जस्ता गुदीदार गर्नै पर्ने कर्म खासै गरिरहेको देखिन्न ।

विराट साहित्य सङ्गम,विराटनगरले हरेक महिनाको अन्तिम शनिबारका नियमित रुपमा गर्ने कविगोष्ठी तथा विचार अन्तर्कि्रयाको १५७ औँ श्रृङखला यही कात्र्तिक २४ गते सम्पन्न भयो ।

यस कार्यक्रममा पनि नेपालीहरुका बीच सांस्कृतिक सहिष्णुता र सम्मिलन जस्ता विषयहरु सर्जक समाजले उठाउन’ पर्ने विषय उठान भएको छ ।

प्रदेशको राजधानीको चयनमा सुरक्षा संवेदनशीलता कति हुन्छ र हुनुपर्छ भन्ने कुरा स्वतःजान्ने र बुझ्ने कुरा हो । अझ विज्ञ,विद्वान्,प्राज्ञ, सर्जक र पत्रकारहरु भनेका देश र प्रदेशका आँखा हुन् ।

तिनले देश र प्रदेशको हितलाई केन्द्रमा राख्नु पर्छ । कुवाको भ्यागुतो बन्न किन धेरै मिहेनत किन गर्नु पर्यो र ? दुई आँखा त छँदैछन्, यो त सबैका हुन्छन् ।

तेस्रो आँखा खोल्दा जे देखिन्छ त्यो चाहिँ दूरदर्शी हुन्छ । यसको मतलब यस लेखकले इटहरी र यस नगरको अमुक वार्डमा राजधानी हुनुपर्छ भन्दैन । अहिले चर्चामा आएका ,विराटनगर,गोठगाउँ,चतरा,धनकुटा वा धरान मध्ये राजधानी जहाँ हुँदा पनि हुन्छ ।

दुइतिहाई सभासद्ले जहाँ जुन ठाउँ चयन गर्छन्, त्यहीँ राजधानी हुन्छ । यसलाई स्वीकार गर्नु बाहेक अरु उपाय देखिन्न । तर सयपल्ट नाप अनि मात्र काट भनेझैँ सुदूर भविष्य सोचेर निर्णय गर्नु जाती हुन्छ ।

हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु बुद्धिमानी होइन । केन्द्र सरकारलाई धारे हात लगाउने अनि आफुले गर्न पाउने र गर्न सक्ने निर्णय पनि गर्न आलटाल गर्ने काम गर्नु हुँदैन ।

दक्षिण सीमावर्ती निकट नेपाली बस्तीहरुमा चोरी डकैतीको बिगबिगी अझै विद्यमान छ । यसलाई नेपालको गृह प्रशासनले समेत सुरक्षा गर्न सकिरहेको देखिन्न ।

दिन दहाडै मानिस मारेर हत्यारा फुत्त पारि जान्छ । प्रदेशको राजधानी वरपर न सैनिकुन सशस्त्र प्रहरी न सामुदायिक प्रहरी गण छ अनि यस्तो भए पछि अनि त्यस खालका सीमा निकट प्रदेश राजधानी स्थान चयन गर्नु भनेको झ्याल र ढोका खोलेर चोर र डाकालाई अनुकूल पारेर सुत्नु हो ।

त्यसैले दक्षिण सीमा भन्दा कम्तीमा १८ र २० किलोमीटर उत्तर राजधानी उपय’क्त ह’ने देखिन्छ ।

यो काल संघीय लोकतान्त्रिक गणतान्त्रिक उच्च चेतनाको काल हो । यस कालमा गुण,क्षमता,बौद्धिकता,औचित्यता र वस्तु निष्ठताका आधारमा आफू समर्थित विचारको पक्षपोषण गर्नु पर्छ , अब पनि पाखुरो र लौरोका भरमा आफ्नू निहित विचार र दृष्टिकोण अरुलाई मान्न बाध्य गरिनु हुन्न ।

यस्तो गर्नु पछौटे चिन्तन हो ।