वराहक्षेत्र / संरक्षण र संवद्धनको अभावमा ओझेलमा रहेको वराहक्षेत्रको चतरास्थित प्रसिद्ध छिन्नमस्ता भगवती माताको को मन्दिर, अहिले चतरा घुम्न आउने पर्यटकरुहको माझ लोकप्रियता बन्दै गएको छ ।  युवाहरुको सकृयतामा मन्दिर निर्माण गरिएको छ । श्रद्धालुहरुको लागि मन्दिर जान सहज होस भनेर ११ मिटर लामो ट्रस ब्रिज बनाईएको अँैलिया वावा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चका सचिव उदय ठटालले जानकारी दिए । मन्दिर आउनेहरुको लागि त्यहाँ २ लाखको लगानीमा विश्रामालय निर्माण समेत गरिएको उनले बताए । छिन्नमस्ता भगवतीको तथा औलिया वावाको मठले वराहक्षेत्रको धार्मिक पर्यटनमा ठूलो भूमिका खेल्ने सक्ने भए पनि, कसैले चासो नदिए पछि यसको विकास तथा प्रचार प्रसारमा लागेको मञ्चका सचिव उदय ठटालले बताए । बराहक्षेत्रको गहनाको रुपमा रहेको छिन्नमस्ता मन्दिरको स्थापना कहिले कसरी र कसले गरेको भन्ने कुनै प्रमाण नभएको कवि बज्रचार्य बताउछन् । भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने भन्दै प्रकतिको काखमा मनोरम जंगलमा रहेको, शक्तिपीठ मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । लक्ष्मी मालाकारको नेतृत्वमा उनीहरुले १ लाख रुपैंया बराबरको सहयोग गरेका छन् । स्थानिय देउराली युवा समाजको आयोजना ०७४ दशै तिहार तथा छठको अवसर सांगितिक कार्यक्रम गरी बचेको ८० हजार मन्दिरको संरक्षणलाई दिएको मञ्चका उपाध्यक्ष बुद्ध श्रेष्ठले जानकारी दिए । नगरपालिकाको वडा नम्बर १ स्थित चतराको खहरे खोला देखि करिव २ सय मिटर टाढा, छिन्नमस्ता खोलाको किनारमा जंगलमा रहेको उक्त मन्दिरको बारेमा ,बज्राचार्यले २०१८ सालमा, आफ्नो किताव वराहक्षेत्र महिमा परिचयमा प्रकाशन गरेपछि स्थानियले जानकारी पाएका थिए ।