अफगानिस्तान /  अफगानिस्तानमा भएको गोली हानाहानको घटनामा परी १५ जनाको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये तीन जना सुरक्षाकर्मी र अरु १२ जना लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।  अफगानिस्तानको बड्घीस प्रान्तको क्याडिस जिल्लामा शुक्रबार यो घटना भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार जानकारी दिए ।  तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको उनले बताए । भिडन्तमा परी आठ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन् । तर घटनाका बारेमा अहिले सम्म प्रहरी वा तालिबान लडाकू कुनै पक्षले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।