मलेसिया / शुक्रबारदेखि मलेसियामा आयोजना भैरहेको इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ू मा नेपालको तर्फबाट भाग लिएका फेसन डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका बिभिन्न पोशाकहरु प्रस्तुत गरेका छन् । फेशन विकका मलेसियन , तमिल र चाईनिज मोडलहरुले डिजाइनरद्वयले तयार पारेका २० वटा बिभिन्न नेपाली र पश्चिमी फ्युजन गरिएका डिजाइनहरु २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए । दुबै सिक्वेन्समा मोडलहरुले र्याम्प नापेपछि नेपाली डिजाइनको तारिफ भएको छ । मलेसियाको पेरेक स्टेटको आइपीओएच शहरको होटल सेरुनमा भब्य रुपमा आयोजित ू इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ ू मा नेपाल फेशन डिजाइनर संघ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा सेन्ट्रल फेशन हब ,ललितपुर बाट भर्खरै फेशन डिजाइनिंग कोर्ष सकाएका डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले भाग लिने मौका पाएका हुन् । फेडेरेसनको तर्फ़बाट अध्यक्ष्य नबिन लुइँटेल , प्रोमोटर दिपक न्यौपाने र कानुनी सल्लाहकार राजन ढुंगेलको सहभागिता रहेको शुक्रबारको उद्घाटन शोमा नेपाल संगै मलेसिया , सिंगापुर ,चीन र भारतको डिजाइनरहरुको सहभागिता रहेको थियो । भव्यरुपमा आयोजित कार्यकर्ममा मलेसियाका बिभिन्न सरकारी प्रतिनिधिहरु संगै मलेसियाका राजपरिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो । स्थानीय पेरेक पर्यटन केन्द्रको सहयोगमा लुइस सेबासटेन र आडेलडे खानको आयोजनामा शुक्रबार नोवेम्बर ९ देखि सुरुभएको ू इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ू आगामी नोवेम्बर ११ सम्म आयोजना हुनेछ। समापनको दिन समेत नेपालको तर्फ़बाट डिजाइनहरु प्रस्तुत गरिने जानकारी फेशन फेडेरेसनको अध्यक्ष्य नबिन लुइँटेलले बताए ।