हेटौंडा / हेटौंडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ । गएराति हेटौंडा उपमहानगरपालिका– ११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समूहले उनीमाथि रड प्रहार गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।(रासस)