धरान / इटहरीका ेमुख्य बजारमा हिजाृ लक्ष्मी पुजाको दिन भएको आगलागीमा छ करोडको क्षति भएको प्रहरीले जनाएको छ । व्यवसायी नेत्र भट्टराई र गणेश लुइटेलको दुईवटा पसल र घर गरी अन्दाजी ६ करोड क्षति भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । भट्टराईको सप्तकोशी इलेक्ट्रोनिक्स र लुइटेलको किड्स कलेक्सनको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । इलेक्ट्रोनिक्स पसलमा रहेका सामसुङ कम्पनिका फ्रिज, टिभी सेट लगायतका बिभिन्न इलेक्ट्रोनिक्स सामान जलेको व्यवसायीले बताएका छन् । दुईवटा घरमा रहेको पसल मध्ये शुरुमा सप्तकोशी इलेक्ट्रोनिक्सबाट आगो सल्किएर अर्को पसलमा प्रबेश गरेका थियो । आगलागी ४ घण्टा पछि साँझमा नियन्त्रणमा लिइएको थियो । इटहरी, धरान, बिराटनगर र दुहबीको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको इटहरी प्रहरीले बताएको छ । विजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।