पथरीशनिश्चरे । ११० औं देवकोटा जयन्तीका अवसरमा, बुधबार झापाको दमकमा श्रष्टा सम्मान सहित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्यकला संगमको मुख्य तथा प्रतिभा निकेतन र जीवन स्मृति प्रतिष्ठानको सहआयोजनामा सम्पन्न कार्यक्रममा काँशीनाथ पौडेलका साथै श्रष्ठा टीका आत्रेय र जेठा मुर्मुलाई सम्मानित गरिएको छ । दिपावलीकै अवसरमा मोरङको पथरी शनिश्चरेस्थित रेडियो सिम्रिकले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार दिपावली साँझका रुपमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिपकुमार राईले दिपावली सहितका नेपालीका पर्वहरुले सबैलाई सद्भाव र एकता कामय गर्ने उत्प्रेरणा भरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा, गायकहरु वीरध्वज शिवा, रविन कन्दङ्वा, देव गुरुङ, नन्दु गुरुङ सहितले गीत तथा रेडियो सिम्रिक सहितका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । यसैगरी, सोही अवसरमा नगरको वडा नम्वर १० रिंगुवास्थित नवज्योति भजन किर्तन मण्डलीको आयोजनामा प्रकाशेश्वर मन्दिरमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

ब्लाष्टखबर युट्युब