नेपाली समाजमा नयाँ वर्ष, न्यू इयर, माघी, ल्होसार, कर्मा(धर्मा, एलेतम्बे/कफ फेवा तङ्नामा आदि शब्दहरुले नव वर्ष आरम्भ बुझाए झैं नेवाहरु वा नेवारी रहन सहन प्रभावित भएको क्षेत्रहरुमा पनि न्हू दँ नेवारी शब्दले पनि नव वर्ष आरम्भ भएको बुझाउँछ । वि.स. विक््रmमादित्य राजाको स्मरणमा चले झैं शालिबाहनीय शाके संवत् इसवी सम्बत (प्रभु येसु) सृष्टितो गताब्दी (पृथ्वी सृष्टि भएदेखि) कलिगताब्दी (कली लागेदेखि) हिजरी (हजरतमोहम्मद) आदिको स्मरणमा चलेका हुन् । त्यस्तै थारु, दनुवार, माझी, वाँतर आदिको माघी, तामा¨, गुरु¨, शेर्पाको सोनाम, तमु, ग्याल्मो ल्होसार, राई, लिम्बू किरातको येलें तम्बे÷कफ फेवा तङ्नामा (यलम्बरको) उराम झाँगडहरुको कर्मा धर्मा आदि हरेक नयाँ सम्बत चल्नुको आ(आफ्नै कारण र गरीमा रहे झैं नेपाल सम्बत चलि आइरहेको पनि उस्तै इतिहास रहेको छ । “नेपाल संवत कथ कछलाथ्व पारु दँया दकलय् न्हापाँगु न्हि खः । सिद्धवन्त ज्योतिषं धागु भिइलय येँया लखु तिर्थ फि हयाः प्यन्हु तल धाः सा लुँ जुइ घाः गलि ख्वपया जुजुँ फि काये केहल । येँ विसेँ फि क्ववियाः यंकुगु खनाः संखधर साख्वालं छुँ रहस्य दुगु तायेकाः अमित ह्ययेकाः थः गु छेय्ँ प्वँके वियाः गाक्कं मानेयाना छुवल । आमिस लिपा मेथुफि कपाः यंकल । ख्वपय् यंकुगु फि छुँ मजुल, शंखधरयाथाय् च्वँगु फि धाः सा मुजुल । शंखधर स्वनिगः यापि फुक्कसिगु त्यासा थलुँ वियाः पुलाः फच्छ्या मानाः कालविल याये बाकि छुँ हे मध्येका विल । अले नेपाल संवत धकाः थः गु देयया नामं संवत छ्यल । थ्व इश्वि संवत् ८७९ अक्टोबर २० तारिख विहिवाः कुँन्हुलाः । थथे छम्ह साधरण मनुखँ थुःगु देय्यात् सम्मान यानाः न्हुगु संवत छ्यलाय गुयात लुमं कुसे सरकार नेपाल संवत् ११२० कछलाथ्व एकादशी कुन्हू शंखधर साख्वाः यात राष्टिूय विभुति घोषणा याः गु ख । नेपाल संवत् प्रधानमन्त्री चन्द्र शम्सेरया पालय् तकेचले यानातः गुखनेदु । व्य्कलं थ्व नेपाल संवत् हिलाः वि.स. चले याः गु खः । अथे जुसा नेवा । तयसं थ्व नेपाल संवत् ल्वः यंकपुगु मदु । अर्थात नेपाल संवत् अनुसार कार्तिक शुक्ल प्रतिप्रदा सबैभन्दा पहिलो दिन हो । सिद्धवन्त जोतिषले भनेको सुभ मुहुर्तमा काठमाण्डौंको लखु तिर्थबाट बालुवा ल्याई ४ दिन राखेमा सुन हुनेछ भनेकोले भक्तपुरका राजाले बालुवा लिन पठाए । काठमाण्डौं देखि बालुवा बोकेर लगेको देखि शंखधर साख्वाले यसमा केहि रहस्य हुनुपर्ने शंका गरी, फकाएर आफ्नो भरमा बालुवा खनाउन लगाई खुव मान सम्मान गरेर पठाए । उनीहरुले पछि अरु बालुवा लिएर गए । भक्तपुरमा लगेको बालुवा केही भएन । शंखधर साख्वा कहाँ भएको बालुवा सुन भएछ । उपत्यका वासीहरु सबैको सापटी र्फस्र्यौट गर्न यहि सुन तिरिदिएर लेनदेन केहि बांकि नहुने गरिदिए । अनि नेपाल संवत् भनेर आफ्नो राष्टूको नामले संवत् चलाए । यो इश्वि संवत् ८७९ अक्टोबर २० तारिक बिहिबार पर्छ । यसरी एउटा साधरण व्यक्तिले आफ्नो राष्टूको सम्मान गरेर नयाँ संवत् चलाएको सम्झिएर सरकारले वि.स. २०५६ साल कार्तिक १५ गते शंखधर साख्वालाई राष्टिूय विभुति घोषणा गरेको थियो । नेपाल संवत् प्रधानमन्त्री चन्द्र शम्शेरको पालासम्म चलेको पाइन्छ । वहाँले नेपाल संवत्को सट्टा वि.स. चलाएको हो । तैपनि नेवारहरुले यो नेपाल संवत् विर्सिएको छैन । हरेक साल विभिन्न कार्यक्रमहरु गरी नेपालल संवत् मनाउदै आइएको छ । यसरी उ बेला देखि मानिदै, मनाउदै आइएको नेपाल संवत् काठमाण्डौं उपत्यका बाहेक देश भित्रका जुनसुकै शहर गाउँ जहाँ नेवाहरुको बाहुल्यता छ त्यहाँ न्हूदँ मनाइन्छ । पञ्चायती कालमा वैचारिक र जातियताको कुरा गर्न नपाइने स्थितिमा न्हूदँ वहाना भएर आउँथ्यो र त्यस बेला नै आफ्नो जाति, भाषा, संकृति, लिपि, इतिहास, जोगाउने कुराहरु हुने गरेको थियो । तर अहिले देश संघिय गणतन्त्रमा गएकाले आफ्नो जाति, संकृति, लिपि, इतिहास जोगाउने प्रयत्न गर्नु पहिलाको जस्तो साम्प्रदायीक अपराध फैलाएको मानिदैन । नेवाः जातिको भाषा नेपाल भाषाका अनेक लिपिहरु छन् त्यस मध्ये एउटा रंञ्जना लिपि र अर्को भुजिमोल लिपि प्रचलित रहेको छ । रंञ्जना लिपि... थ्व लिपि ११ गू शताब्दी विकास जुगु लिपि खः । तर थ्व लिपि तसकं कलात्मक जुगुलिछ्यले थाकु । खास खास थासय् व्यानरया रुपम् छुँ आखः ज्वः जक च्वयाँ गाथाय् थ्व लिपि व्यापक रुपं छ्यलेगु याः थ्व लिपि च्वं क्वय् यंकाः छगु शब्द जोडेयानाः छगः आखः थें जुइग नं च्वये ज्यू । थ्व आखः या मु विशेषता धइगु सुन्दर व कलात्मक खः । थ्व आखः भोट मंगोलिया चीन आदि देशय् बौद्ध धर्म प्रचारया दौरानय थ्वना च्वंगु खनेदु । संयुक्त राष्टू संघय नेपाल पाखें दर्ता जुयाच्वंगु लिपि रंञ्जना लिपि खः । अथेजुयाः रञ्जना लिपि नेपाः या लिपिया प्रतिनिधित्व यानाचंगु दु । अर्थात यो लिपि ११ औं शताब्दी विकास भएको थियो तर यो लिपि अत्यन्त कलात्मक भएकोले लिखित प्रयोगका निम्ति गाह्रो छ । खास खास स्थानमा ब्यानरको रुपमा केही शब्द मात्र लेखेर पुग्ने स्थानमा यस लिपिको व्यापक रुपले प्रयोग गरिन्छ । यो लिपि माथिबाट तल जोडेर एउटै अक्षर जस्तै एउटा शब्द (कुटाक्षरी) लेख्न सकिन्छ । यो अक्षरको विशेषता सुन्दर कलात्मकता हो । यो अक्षर भोट मंगोलिया, चीन आदि देशमा बौद्ध धर्मको प्रचारको दौरानमा पुगेको देखिन्छ । संयुक्त राष्टू संघमा नेपालले प्रस्तुत गरेको लिपि रञ्जना लिपि हो । रञ्जना लिपिले नेपालको लिपिको प्रतिनिधित्व गरिरहेको छ । त्यसैले होला पुरानो नेपाल, ४ खाल, काठमाण्डौं उपत्यकामा न्हू दँ बारे पञ्चायती कालरात्रीको बेलामा न्हू दँ या भिन्तुना र यस्तै उस्तै लेखिएको बढो आर्कषक अक्षरहरु नभुभ्mनेहरुको लागि झ्यालको ढोका चौकस, चतुष्कोण जस्तो माथि देखि तल तिर झुन्डीएको अक्षर रुपि शब्दहरु टोलटोल, चोकचोक, डवली सबैतिर झुन्डीएको हुन्थ्यो । त्यस्तो अक्षर वा शब्दले त्यो बुझ्नेहरुलाई केके दिन्थ्यो वा भन्थ्यो, सुनाउथ्यो तो त तत्कालीन नेवाः समाजलाई नै थाहा होला तर अहिलले रहस्य खोलिदा भाषा, लिपि, इतिहास भएको किरात नेवाः जातिको यो राज्यमा छुट्टै गरीमा, महत्व र भुमिका छ भन्ने कुरा झल्काइन्थ्यो भनिन्छ । किनकि त्यो रञ्जना लिपि राष्टूले संयुक्त राष्टू संघमा आफ्नो राष्टिूय लिपि भनेर लेखाए वा दर्ता गराए पनि न सत्ताका चाटुकार नेवारहरु त्यो भाषाको परिभाषा लाउन सक्थे, न सत्तासिन व्यक्ति त्यसलाई वाचन गर्न वा बुझ्न सक्थे । त्यसैले त्यो बेला न्हूँ दँया भिन्तुना भनि चोकचोकमा रञ्जना लिपिमा लेख्नुको रहस्य र अर्थ अलगै थियो । तर अहिले छैन । अव न्हू दँ को नौलो र यर्थात व्याख्या र परिभाषा छाति खोलेर सबैले बुझ्ने गरी गर्न सक्नु आजको आवश्यकता हो । भारतका अत्यन्त ठूला विद्ववान राहुल सांस्कृत्यायनले किरात भनि परिभाषित गरिएका जातिहरु यी हुन् “हिमालयका जातिहरुको भाषा र धर्म कुरा अध्ययन गर्दा हिमाल र त्यसको तराईमा पन्जाव देखि काश्मीरसम्म बस्ने सबैभन्दा पुरानो जाति किरात थियो । मंगोलायित जाति भएर पनि यो चीनिया आदि जाति सित टाढाको सम्बन्ध राख्दछ । पहाडका किरात लाहुल, मिलाण (कूल्लु) कनौर, मरछा (गढवाल) मगर, गुरु¨, सुनुवार, तामा¨, नेवार, राई, लिम्बू, याक्खा, शेर्पा, लेप्चा, धिमाल आफ्नो भाषा बोल्छन् तर तराईका थारु, वाँतर, दनुवार, सतार आफ्नो भाषा बिर्सिएर छिमेकी भारतको भाषा बोल्छन् (पुरातŒव निवन्धावलि)” । पुर्वय किराती तय्गु छगु हाँगा अझ नं लिम्बु, खम्बुया रुपय, छगु हाँगा स्वनिगः या वरिपरि तामा¨या रुपय स्वनिगः दुने छगु हाँगा नेवाः (नेवार वा नेवा) जातिया रुपय पश्चिम पाखे गुरु¨, मगर व थारु जातिया रुपय विकास जुगू खनेदु । अर्थात पुर्वमा किरातीहरुको एउटा साखा अझै लिम्बु, खम्बुको रुपमा, एउटा साखा उपत्यका वरिपरि तामा¨को रुपमा, एउटा साखा उपत्यकाका नेवार जातिको रुपमा, पश्चिममा गुरु¨, मगर र तराईमा थारु विशेष जातिको रुपमा विकशित भएको देखिन्छ । इतिहासविद नारद मणि थुलु¨का अनुसार आखाँलाई म अक्षरबाट उच्चारण गर्ने मतवालीहरु सबै किरात हुन् भन्ने भनाई अनुसार सबै किरातीहरुको भाषामा आँखा शब्द म बाटै उच्चारण भएको पाइनुले पनि मतवाली (दलित हैन) हरु किराती नै हुन् । अतः तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्मो ल्होसार, न्हूँ दँ, येंले तम्बे, माघी कर्मा धर्मा आदि आदि जेजे छन् र जेजे पछि पत्ता लाग्ने छन् ती सबै मतवाली अर्थात किरातहरुको नयाँ वर्ष नै हुन् । मेरो न्हूँ दँ, तेरो माघी, उसको ल्होसार, त्यसको येले तम्बे आदि आदि भनेर बाँडिनु भन्दा जनजाति, आदिवासीहरुका विद्ववान वर्गहरु बसेर एउटै किरात संवत्को नयाँ वर्षलाई स्वीकार्नु आजको राजनीतिक, आर्थिक, सामाजिक, हितको लागि अति उत्तम हुनेत भै हालो, भविष्यका सन्तति र नेपाल राष्टूको उन्नतिको लागि समेत युग परिवर्तनको ढोका खुल्ला हुने थियो । नत्र जो जो जहाँ जहाँ, जुन जुन अल्प सोचको ओड्ने ओडेर बसिरहने गर्छौ अनि विदेशीले गर्दा दिएन, ताकादारी यसो गरो, राज्य सत्ताले नि उसो गरो भन्नु पनि पँदेरे गफ भन्दा ठूलो हुन्न । अनि ब्रोक एण्ड रुल्डको झोला बोकेर जातीय विकास भएन भन्नु पनि पानी माथिको ओभानो मात्र हुने छ नै, यसै घाउलाई कोट्याई कोट्याई शासन गर्नेहरुले शासन गरेको गरै छन् । हाम्रा पुराना ने. से. ता. म. गु. रा. लि. हरुको त आँखा उति बेला खुलेन नै अब नेवार, शेर्पा, तामा¨, मगर, गुरु¨, राई, लिम्बू, थारु, वातर, धिमाल, दनुवार, हायु दरै, वोटे, राजी, दुरा, आदि आदि जो जो भोट वर्मेली भाषा बोल्छन् वा आफ्नो मात्री भाषा मान्छन् ती सबै एकै जाति किरात भएकाले शंकाको घेराले हैन विश्वासको सम्बन्धले बाधिएर किरातीहरुको हक अधिकार कर्तव्य लिन, भोक गर्न सकिने हुदाँ सबै एउटै किरात छानामा आउन, रमाउन, हास्न, नाच्न जरुरी भईसकेको छ जुन सत्य हो । अतः मूल किराती जाति नेवार, राई, लिम्बु, गुरु¨, मगर, शेर्पा, तामा¨, थारु, धिमाल आदि सबैमा न्हूँ दँ, ल्होसार, माघी, येले तम्बे आदिको सबैमा न्हूँ दँया भिन्तुना (शुभकामना) †