धरान / बलिउडकर्मी प्रियंका चोपडा र निक जोनसको विवाहको खबरले बलिउड तातेको छ ।

अन्दाजबाट बलिउडमा डेब्यु गर्दै हलिउडको ‘क्वान्टिको’ सिरियलसम्म खेलेकी प्रियंकाको निकसँग चाडै जोडी बाधिदै छ । तर, अचम्म के भने उनीहरूको विहेमा बलिउड तथा हलिउडका कोही पनि निम्तालु हुने छैनन् ।

बलिउडमा राज गरेकी प्रियंकाले बलिउडका कुनै पनि स्टारलाई नबोलाउने घोषणा गरेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले कुनै पनि बलिउड स्टारलाई नबोलाउने भएकी हुन् । निक अमेरिकन गायक हुन् । उनले नै बलिउडका स्टार नबोलाउने भएपछि प्रियंकाले त्यसलाई साथ दिएकी हुन् ।

त्यसो त, प्रियंकाले आफ्नो विवाहमा बलिउडका स्टार सलमान खान, रणबीर कपुर, आलिया भट्ट, कैटरिना कैफ, फरहान अख्तरलाई बोलाउने हल्ला बाहिर आएको थियो । उनीहरूको विहे हिन्दु र क्रिश्चियन परम्पराको आधारमा हुने बताइएको छ । एक–अर्काको धर्म संस्कारलाई स्वीकार गर्नका लागि यस्तो गरिन लागिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।