ताप्लेजुङ / किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ । गाउँकार्यपालिकाको २९ औँ वैठकले कात्तिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिईने निर्णय भएको गाउँपालिकाका निमित्त प्रशाशकीय अधिकृत कर्णहाङ नेम्वाङले जानकारी दिए । सरकारले किराँत धर्मवालम्वीहरुलाई मात्र दिने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने सो दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा विद्यालयहरु वन्द रहनेछन् ।