विजयपुर/ प्रदेश नं. १ का आकर्षक गन्तव्य स्थलको प्रचारप्रसार गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने प्रदेश सरकारको योजना भए पनि आझेलमा परेका तर आकर्षक स्थलको प्रचार प्रसारमा खासै ध्यान दिन सकेको छैन । धनकुटाको भेडेटारमा रहको नमस्ते झरनामा पर्यटकहरुको आगमन बाक्लिदा धरानको छेउमा रहेको उही प्रकृतिको शिव जट्टामा भने पर्यटक नै पुग्दैनन् । यसको प्रमुख कारण हो त्यहासम्म पुग्ने बाटो घाटो असुविधा र आवश्यक प्रचारप्रसारको अभाव । स्थानीय सरकारले पनि यहाँ पर्यटकहरु पु¥याउन खासै चासो दिएको पाईदैन । धरान उपमहानगरले पर्यटन बोर्ड बनाए पनि बोर्डले ओझलमा परेका गन्तव्यहरुलाई बाहिरा ल्याउन खासै योजना ल्याएको छैन् । नमस्ते झरनामा भने सधै आन्तरिक तथा बाहय पर्यटकहरुको भीड हुने गरेको छ ।

यातायातको असुविधा भए पनि धार्मिक आस्थासमेत बोकेको शिवजट्टामा आन्तरिक पर्यटकहरु आउने आकर्षण भएको स्थानीय भरत राई बताउछन् । छेउमा शिव मन्दिर रहेको यस झरनालाई शिवको जट्टाबाट पानी बगेका कारण यसको महत्व धेरै रहेको धार्मिक किवदन्ती छ । धरानबाट ७ किमी उत्तर दक्षिणमा यो झरना धरान उपमहानगरपालिकामै पर्दछ । कच्ची बाटोबाट मुस्किलले टेम्पो, दुई पांग्रे सवारी साधन पुग्ने यस ठाउमा यातायातको सुविधामात्र पुग्न सके पर्यटन आगमनमा बृद्धि हुने र स्थानीयहरुको समेत रोजगारी बढ्ने स्थानीय गौरीगाउका नविन दाहालले बताए ।

स्थानीयले बाटो घाटो र प्रचार प्रसारका लागि पटक पटक स्थानीय सरकार धरान उपमहानगरपालिका, प्रदेश सरकारलाई समेत ध्यानाकर्षण गराइरहेका छन् । अत्यन्तै सुन्दर मनोरम दृश्य, झरनाको पानीमा डुबुल्की मार्न सकिने यस स्थानको विकासका भने अहिले पर्यटन व्यवसायीहरुले भने चासो देखाएका छन् । अहिले उनीहरु स्थानीयहरुसंग त्यहाको अवलोकन गर्ने, छलफल गर्ने जस्ता काममा पर्यटन व्यवसायी लागि परेको स्थानीयले बताए । नाम चलेका अन्य झरना भन्दा नमस्ने झरनामा कुनै कमी नभएकोले यसको विकासका लागि अवलोकनलाई तिब्रता दिएको एक नंं प्रदेशका पर्यटन सहजकर्ता कृष्ण शाहले बताए ।  जे होस् ढिलै भए पनि पर्यटन व्यवसायीहरुले ऐतिहासिक, धार्मिक महत्व बोकेको शिवजट्टाको विकासका लागि चासो देखाएका छन् । आगाी दिनमा यो पनि पर्यटन क्षेत्रको हव बन्नेमा स्थानीयहरु विस्वस्त बनेका छन् ।

https://www.youtube.com/watch?v=cnsHergYT4w&t=77s