mero sathi kal jiwan and dipesh धरान / गीतकार मनिष बसिष्ठले छोटो फिल्म ‘काल मेरो साथी’ निर्माण गरेका छन् । फिल्ममा रंगकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । यी दुई कलाकार भिडियोमा प्रस्तुत भएका छन् । निकेश खड्काको निर्देशनमा बनेको फिल्म पृथकशैलीको बनेको दाबी गरिन्छ । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्र्धमा भए पनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा बिम्बको रूपमा चित्रण गरिएको छ । म्युजिक भिडियोभन्दा फरक गर्ने प्रयास रहेको निर्देशक खड्काले बताए ।