https://www.youtube.com/watch?v=gCkzrZm3ikw धरान /उदयपुर जिल्लाको पूर्वी सीमानामा रहेको बेलका नगरपालिका साविकका मैनामैनी, कटुञ्जेववला, रामपुर ठोक्सिला र तपेश्वरी गाँउ विकास समितिहरु मिलेर बनेको छ । यसको केन्द्र रामपुर बजारलाई ताेकिएको छ । बेलका राजा बेलका रानी, मैना राजा मैना रानी यहाँका आकर्षण हुन ।  चम्पाकोटबाट प्याराग्लाइडिङ, दैनिक र्‍याफ्टिङ, कोसी नदीमा जलविहार, कोशी टप्पु वन्यजन्तु आरक्षमा दैनिक जंगल सफारी, कोलोहोङ झरनामा क्यानोरिङ यहाँका सम्भावनाहरु हुन । कूल जनसंख्या ४२,३८६ रहेको यो क्षेत्र भित्री मधेश र महाभारत को करिव आधा आधा भूभाग मिलि वने छ । समग्र नगरपालिकाको विषयमा तयार पारिएको भिडियो हेरेर यहाँको बारेमा थप जानकारी लिन सकिन्छ ।