धरान / फूलपातीबाट मुलुकका विभिन्न सिनेमा हलमा प्रदर्शन भइर्रहेको जय भोले हालसम्म पाँच करोडको व्यापार गरको छ । १२ बर्षको विदेश बसाई पछि पुन चलिचत्र निर्माणमा नै हात हालेका अशोक शर्माले निर्माण गरेको चलचित्र जय भोलेले राम्रै बजार लिएको छ । हास्यप्रधान भनिएको यो चलचित्र दुई साथीबीचको सम्बन्धमा आधारित रहेको पनि निर्देशक शर्माले बताए । खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा केही कुरा विशेष रहेको पनि उनले प्रस्ट्याए । यो चलचित्रमा खगेन्द्र, सौगात, स्वस्तिमा, बुद्धिसँगै सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबीर पण्डित, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसी, निर्देशक अशोक शर्मासहितको अभिनय छ । झापा आसपासको क्षेत्रमा छायांकन गरिएको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । जसमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।

चलचित्रमा खगेन्द्रको मितको भूमिकामा अर्का हास्य अभिनेता बुद्धि तामाङ छन् । उनी ब्रुस लीको फ्यानका रूपमा यो चलचित्रमा रहेका छन् । चलचित्रमा खगेन्द्रलाई मार्सलआर्ट खेलाडीका रूपमा देख्न पाइनेछ ।  कलाकारको टिम पूर्वमा दर्शकलाई धन्यवाद दिदै  निर्माता शर्माको नेतृत्वमा पूर्वका हलहरुमा कलाहरु पुगी दर्शकलाई धन्यवाद दिएका छन् । आफुहरुले बनाएको चलचित्र मनपराएर हेरिदिन् भएको भन्दै उनीहरुले हलमै पुगेर धन्यवाद दिएका हुन । शनिवार विराटनगर, इटहरी र धरानका हलहरुमा उनीहरु पुगेका थिए ।  शनिवार खगेन्द्र, सौगात, बुद्धिस तामाङ, लक्ष्मी गिरी, अशोक शर्मासहित टिमले पत्रकारहरुसँग अन्तरक्रिया समेत गरेको थियो । तस्विरः लक्ष्मण थापा