धरान/दुवै मृगौला खराब भई डायलसिस गराइरहेको पत्रकार एवम् रङ्गकर्मी प्रवीण राईलाई टोलबासीले आर्थिक सहयोग गरेका छन् ।

राईको निज निवास धरान–९ मा पुगेर स्थानीय रूपेश आचार्यको नेतृत्वमा १५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

पत्रकार राई लामो समयदेखि दुवै मृगौला खराब भई उपचारत थिए । ‘स्थानीय युवाहरूले सङ्कलन गरेर रकम सहयोग गरेका हौं ।’ स्थानीय सुमन श्रेष्ठले भने ।

स्थानीय १२ जना युवाबाट सङ्कलित रकम राईलाई प्रदान गरिएको थियो । राईलाई विभिन्न सङ्घसंस्थाले पनि सहयोग गरेका छन् । उनको उपचार करिब २५ लाखको हाराहारीमा खर्च लाग्ने बताइएको छ ।

हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै डायलसिस गरिरहेका छन् । पत्रकार राईले सहयोगी मनलाई धन्यवाद ज्ञापन गरेका छन् ।