इटहरी/ दश वर्ष पछि कोशी टप्पु बन्यजन्तु आरक्षमा रहेकी ढोई शोभाकलीले (पोथी) छावा जन्माएकी छिन । ५५ बर्षिय शोभाकलीले आरक्षमा नयाँ छावा जन्माए पछि आरक्षमा खुसीयाली छाएको छ । चार हात्ती एक दशक पछि गर्भीणी भएका छन । दश बर्ष देखि थारो रहेको ढोईहरु एकै पटक गर्भीणी भएका थिए । आरक्षको पाँच हात्ती मध्ये अम्बिकाकली,सरस्वतीकली, र लक्ष्मीकली नाम गरेको ढोईहरु छावा जन्माउँने तयारीमा रहेका छन । कोशी टप्पुमा पालिएका पोथी हात्तीहरु (ढोई) फिरन्ते रुपमा आरक्ष क्षेत्रमा आउने जंगली हात्तीहरुको संषर्गबाट गर्भीणी भएका थिए ।

आरक्ष क्षेत्रमा रहेका पोथी हात्तीहरुका कारण फिरन्ते जंगली हात्तीहरु आरक्ष क्षेत्रमा आउने गरेका जानकारहरु वताउँछन । पोथी हात्तीले १८ देखि २१ महिनाको गर्भधारणपछि छावा जन्माउने गरेको छ । सप्तकोशी जलाधारमा अवस्थीत कोशी टप्पु वन्यजन्तु आरक्षमा बर्षेनी ठुलो संख्यामा आन्तरीक र वाह्य पर्यटक भित्रने गर्दछन् । पुर्वमा रहेको यो एकमात्र आरक्ष हो, जहाँ हात्तिमा चढेर जंगल सफारी गर्न पाईन्छ । तर आरक्षमा प्रयाप्त मात्रमा हात्ती नहुँदा समस्या हुने गरेको थियो । अब केहि महिनामा हात्तीको संख्या बढ्ने भए पछि हामी खुसी छौ आरक्ष प्रमुख श्याम कुमार शाहले भने ।

अर्ना पछि आरक्षमा हात्ति हेर्न र चढ्न नै पर्यटक आउने गर्दछन् । त्यसमा पनि अहिले हात्तिले बच्चा जन्माएपछि पर्यटकहरुले थप रमाईलो लिन्छन उनी भन्छन् । दमदम कली, लक्ष्मी कली र सरस्वती कली गर्भिर्णी भएका हुन । अवको ५ । ६ महिना भित्रमा उनीहरुले बच्चा जन्माउने कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी सुनिल तामाङंले जनाए । नयाँ छावाको पूजापाठ सहित नामाकरण गरिने उनको भनाई थियो । । हाल सम्म नाम भने राखिएको छैन । सप्तकोशी नदि किनारमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्ष हात्तिका लागि उपयुक्त स्थल रहँदै आएको छ । आहारासँगै हात्ति पानीमा खेल्नका लागि प्रयाप्त जलाधार भएकाले हात्ति यहाँ आउन मन पराउने गर्दछन् । जंगली हात्तिहरु पानीमा खेल्नकै लागि झापा बाहुनडाँगीको रुट हुँदै कोशी टप्पु सम्म आउने गरेका छन् कर्मचारी तामाङले भने ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा १० वटा हात्तीको दरवन्दी रहे पनि हाल पाँच वटा मात्र रहेका छन । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्टिूय निकुञ्जमा काज सरुवा भएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि २०६३ सालमा कोशीटप्पुमा फिर्ता ल्याईएको थियो । चितवानबाट अरु तीनवटा हात्ती काज फिर्ता हुन बाँकी छन् । चितवनमा हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक बढेपछि २०४५ मा ती हात्ती चितवन लगिएको आरक्ष प्रशासनले जनाएको छ ।  आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने संरक्षण अधिकृत श्यामकुमार साहले बताए । हात्तीमा चढेर आरक्ष घुम्दा विदेशी पर्यटकका लागि दुई हजार र स्वदेशीलाई ५ सय रुपैयाँ राजस्व लिइँदै आएको छ । पछिल्लो समय आन्तरिक पर्यटक हात्ती सयर गर्न रुचाउन थालेको आरक्षले जनाएको छ ।

काजमा चितवन रहेका हात्तीका लागि दाना र माउतेको तलबभत्ता कोसीटप्पु आरक्षले नै हेर्दै आएको छ । एउटा हात्तीलाई दैनिक १५ किलो धान, पराल, नुन र सख्खर दिने गरिन्छ । वर्षमा एउटा हात्तीका लागि तीन लाख बराबरको दाना दिने गरिएको आरक्षले जनाएको छ । देशमा पाँचवटा हात्तीसार शाखा छन् । चितवनमा हात्ती प्रजनन केन्द्र समेत छ । जसमा जन्मिएका हात्तीका बच्चालाई तालिम दिएर विभिन्न आरक्ष र निकुञ्जहरूमा पठाइने गरिएको छ । आरक्षमा आउने जंगली हात्तीले भने पालुवा हात्तीलाई बेला-बेलामा दुख दिने गरेका छन् ।