इटहरी/ दसैंको बेला सिद्दिचरण राजमार्ग अन्तर्गत उदयपुरको घुर्मीमा स १ ह १७२७ नम्बरको अटो पल्टिदा उदयपुरकै यात्रु ३५ बर्षीय नबुल नुङ्गेली मगरको मृत्यु भयो ।

चालककै लापरवाहीले दुर्घट्ना भएको टूाफिकको निश्कर्ष निकाल्यो । यो उदाहरण मात्र हो दशैभर भएको सडक दुर्घट्ना अधिकांस दुर्घट्ना मादक पदार्थ सेवनकै कारण भएको टूाफिक प्रहरी बताउँछ ।

हरेक वर्ष दसैंका बेला देशभरका विभिन्न स्थानमा दुर्घटनाका घट्ना बढ्ने गरेका छन् । चार्डपर्वमा सवारी साधनको चाप, क्षमताभन्दा बढी यात्रु बोक्ने, सावधानी नअप्नाउने, तीब्र गति र मादक पदार्थ सेवनलगातका कारण दुर्घटना हुने गरेको टूाफिक प्रहरी बताउँछ ।

दशै भर प्रदेश नं. १ का १४ जिल्लामा मादक पदार्थ सेवन र तीब्र गतिकै कारण सवैभन्दा बढी दुर्घटनाका घटना भएको टूाफिक प्रहरीको निश्कर्ष छ ।

प्रदेश नं. १ टूाफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रबिकुमार पौडेलले अधिकांस दुर्घट्ना मादक पदार्थ सेवन र लापरवाहीले भएको बताए ।

उनले भने अहिले प्रदेश एकमा भएको अधिकांस दुर्घट्ना मादक पदार्थ सेवनको कारण भएको छ । भित्री सडकमा टूाफिक प्रहरीको उपस्थिती नभएका स्थानमा बढी दुर्घटना भएको छ उनी भन्छन् ।

आफुहरु दशैलाई मध्यनजर गदै टूाफिक नियम लगाएको उनको भनाई थियो ।  दसैको घटनास्थापनाको दिनदेखि यता (असोज २४ देखि कात्तिक ४ गतेसम्म) प्रदेश न. १ का १४ जिल्लामा भएका सवारी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ ।

यो अवधिमा भएका दुर्घटनामा परि मोरङमा पाँच, झापा र उदयपुरमा दुई(दुई जनाको मृत्यु भएको छ। यस्तै, पाँचथरमा एक जनाको मृत्यु भएको छ। प्रदेश नं. १ मा यो अवधिमा ४१ वटा दुर्घटना भएकोमा ४७ जना घाइते भएको एसपी पौडेल बताउँछन ।

असोज महिनाभर भने प्रदेश नं. १ मा भएका दुर्घटनामा २५ जनाको ज्यान गएको छ। साउनयता सवैभन्दा बढी असोज महिनामै सवैभन्दा बढीको ज्यान गएको हो । साउन र भदौंमा भने १९(१९ जनाको मृत्यु भएको छ ।

अघिल्लो बर्षको दसैंको अवधिमा प्रदेश नं. १ भरी १९ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परि मोरङ र सुनसरीमा पाँच(पाँच जनाको मृत्यु भएको थियो । यस्तै, झापामा सात जनाको मृत्यु भएको थियो भने उदयपुर तथा धनकुटामा एक(एक जनाको मृत्यु भएको थियो ।

त्यो बेला ५७ वटा दुर्घटना हुँदा ८१ जना घाइते भएका थिए ।