मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह सरसापटमा सञ्चित धन बाहिरिनेछ भने घरखर्च बढ्नाले कर्जा लिनुपर्ने आवश्यकता पर्न सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको विश्वासमा पर्दा काम अधुरो रहनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे तारिफयोग्य कामले अरूको उपकार हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।