भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

  धरान / धरान १२ स्थित पब्लिक माविको खेल मैदानमा शुरु भएकाे रमाइलाे मेलाकाे विरोधमा युवाहरुले मेलाको विरोधमा मंगलबार तोडफोड गरेका छन् । ५०/६० जना युवाहरुको समुहले मेलाको माथिल्लो उत्तरपटिको गेट भत्काउनुको साथै ढुङगामुडा गरेका छन् । गेटबाट मेलास्थल प्रवेश गर्न लाग्दा प्रहरीले छेकेको छ । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरि भीडलाई तितरवितर बनाएको थियो । विच बजारमा ढुङगामुडा प्रहार तथा अश्रुग्यास प्रहरीले फाले पछि स्थानीयको भाडदौड मच्चिएको छ । नियन्त्रणका लागि इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमनकुमार तिम्सिना घट्नास्थलमा पुगेका छन् । झडप जारी रहेको छ । छाताचोकबाट धरान उपमहानगर जाने बाटोमा प्रहरीले स्थानीयलाई रोक लगाएको छ । स्कुल गेट अगाडी झडप भईरहेकाले प्रहरीले सर्वसाधारणलाई जान रोक लगाएको हो । संघीय समाजवादी फोरम, जनमुक्ती पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान मञ्च, धरान एकता समाज, किरात खम्बुवान साझा पार्टी, वाइसिएललगयात दल एवं संघसंगठनहरुले मेलाको विरोध गदै आएका थिए । तर धरान उपमहानगरको अनुमतिमा छिमेकी युवा समुहले गत कार्तिक ४ गतेदेखि मेला शुरु गरेको थियो । https://www.youtube.com/watch?v=efS6xApSqHc&feature=youtu.be