पथरी/ माेरङ पथरीशनिश्चरे नगरपालिका क्षेत्र भित्र हत्याकाण्डको डरलाग्दो तथ्याङ रहेको छ । योजनावद्ध हत्याका घट्नाहरु यहाँ बढेका छन् । हत्या गर्नु भन्दा केहि समय अघि देखि हत्याको योजना बुनेर मादक पदार्थ खुवाई हत्या गरेको रहस्यहरु सार्वजनिक भएका छन् ।  पछिल्लो समयमा पथरीशनिश्चरे–८, दोहोलु शुक्रबारेका १७ बर्षिय किरण बिष्ट(परिवर्तित नाम)ले छिमेकी ३० बर्षिय बिजय खड्कालाई बिभल्स हत्या गर । बिष्टले गत शुत्रबार कात्तिक २ गते टिकाको दिन बेलुकी ८ बजे राती शिवजी चौकस्थित आफ्नै गाउँको छिमेकी सोमरा उराउँको घरमा धारिलो हतियारले प्रहार गरी बिभल्स हत्या गरे । हत्या गर्नुको कारण खासै केहि पनि नभए पनि बिष्टले ४ अघि देखि हत्या गर्ने योजना बुनेको प्रहरीलाई बयान दिएका छन् । उनका बुबा अर्जुन बिष्टले एक दशक अघि सोहि ठाउँमा खोटाङका एक बिष्ट थरकै व्यक्तिलाई रकम लुट्ने बहानामा हत्या गरेका थिए । बुबा जेलमा ४ बर्ष अघि मृत्यु भएको थियो । आमा घरमै ६ बर्ष अघि मृत्यु भयो । हजुरआमा हजुरबुबा पनि बिते । हत्यामा संलग्न किरणका अनुसार हजुरआमाले आफु बाल्यकालमा हुँदा दुईजना व्यक्तिको नाम बताउँर्दै तेरो बाबुसँगै हत्या गर्ने मान्छे अहिले बाहिर छ । सबै मिलेर तेरो बुबालाई मात्र जेल हालेको छ, भनेका थिए । धेरैबर्ष बिते पछि परिवारका सबै जना बिते त्यस पछि हत्याको योजना बुनेको प्रहरी बयानमा उनले बताएका थिए । मृतक बिजय इटहरी बस्दै आएका थिए । कहिलेकाही चाँडबाडमा पुरानो घर दोहोलु शुक्रबारे आउँने गरेका थिए । घर आउँदा बिष्टले मादक पदार्थ खुवाउने बहानामा आफू भन्दा दुई गुणा उमेरका व्यक्तिलार्ई साथी बनाएका थिए । हत्या गरेको स्थल सोमरा उराउँको घर त्यहाँका युवाहरुको गाँजा खाने ठाउँ रहेको स्थानीयहरुले बताएका छन् ।  त्यसैगरी २०७३ साउन २९ गते पथरीशनिश्चरे–८, स्थित शिवजी चौककै ३३ बर्षीय दिलिप भनिने मानबहादुर घतानेले पथरीशनिचरे –९ स्थित शनिश्चरे बजारका २१ बर्षीय समिक्षा कार्कीलाई छुरा प्रहार गरी दिउँसो हत्या गरे । घतानेले फरेट नामक विषादित औषधि रेड बुल जुसमा घोलि खसवाएर कार्कीको हत्या गरेका थिए । घटनास्थलबाट भागेका घतानेलाई स्थानीयहरुले पक्राउ गरि प्रहरीलाई बुझाएको थियो । त्यसैगरी समिक्षा कार्कीको घटना सेलाउन नपाउँर्दै तीन दिन पछि कल्पना परियारको हत्या गरेको थियो । २०७३ साउन ३२ गते,साँझ ५ बजे पथरीशनिश्रचे –९, स्थीत शनिश्चरे बजारको ४६ बर्षिय बिनोद परियारले आफ्नै पत्नि ३९ की कल्पना परियारलाई कपडा काट्ने कैचीले हानेर हत्या गरेका थिए । श्रीमान श्रीमती विच सामान्य विवाद हुँदा बिनोद परियारले हातमा बोकेको कपडा काट्ने कैचीले कल्पना परियारलाई घुच्चुुकमा रोपेको थियो । हत्यामा संम्लग्न बिनोद लाई प्रहरीले सोहि दिन पक्राउ गरी जेलचलान गरेका थिए । त्यसैगरी त्यसको एक हप्ता नवित्दै २०७३ भदौ ७ गते पथरीशनिश्रचे–१०, स्थीत सिरिजंगा धार्मिक वनमा पथरीशनिश्चे –१,का ३५ बर्षिय गोविन्द दर्नालको बिभल्स हत्या गरेका थिए । सुरक्षालाई चुनौती दिदैँ पथरी इलाका प्रहरी कार्यालय, भुटानी शरनार्थी बेश क्याम र यलम्बर चौकका सुरक्षा बेस क्यामकोे विच भागमा हत्या भएको थियो । मंगलबार ११ बजे राती हत्या गरेको दर्नालको शवलाई स्थानीयले खबर गरेपछि प्रहरीले बुधबार बिहान ११ बजे क्षेतविक्षेद अवस्थामा शव फेला पारेको थियो । दर्नालले पथरी बजारको गोसलाइनको बधँशालामा कुखुराको मासु बिक्रि गदै आएका थिए । दर्नालको अगाडीको घाँटीको आधा भाग खुकुरीले रेटिएको, पछाडीको ढाडको भागमा खुकुरीले लामो भाग चिरिएको र पेटमा भालाले रोपेको अवस्थामा भेटिएको थियो । दर्नानको हत्यामा संलग्न पथरीशनिश्रचे–१, स्थित गोसलाइनको मुख्य योजनाकार विजय तामाङलाई पक्राउ गरिएको थियो । साथै विजय तामाङको सहयोगी किरण गुरुण र सुकुम्बसी टोलको एलेक्स दर्जीलाई पनि पक्राउ गरेको थियो । यसको पनि हत्या गर्नुको कारण मृतक दर्नालले विजय तामाङलाई सात बर्ष अघि खुकुरीले काटेकोले दर्नालको हत्या गरेको प्रहरीको अनुसन्धानमा तामाङ्ले बताएको छ । त्यसैगरी २०७२ भदौ १६ गते राती इलाका प्रहरी कार्यालयदेखि ४ सय मिटर दक्षिण र सुरक्षा वेश क्याम्पदेखि उत्तर २ सय मिटर टाढाको पथरी बजारमा ४६ बर्षीय रमा बराल(राई)को हत्या भएको थियो । हसन्दह ३ घर भएका बराल मानसिक सन्तुलन गुमाएकी महिला हुन । उनी बजार लाइनको पिपलको फेदिमा राती सुतिराखेको अवस्थामा अपरिचित समूहले हत्या गरेको थियो । हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । एक दशक अघि गाउँमा पाहुना आएका खोटाङका ६० बर्षिय मालपोतमा लेखन्दास गर्ने एक व्यक्तिलाई रकमको बिषयमा पथरीशनिश्चे–८, स्थित शिवजी चौकका अर्जुन बिष्टले गाउँमा पाहुना आएको बेला हत्या गरेका थिए । हत्या पछि जेलजीवन बिताउँर्दै आएका बिष्टले ४ बर्ष अघि जेलमै मृत्यु भएको थियो । त्यसैगरी १५ बर्ष अघि सोहि ठाउँमा गणेश माझीले आफ्नो बाबुलाई हत्या गरेका थिए । माझी अहिले जेलजीवन बिताई सकेर निस्केका छन् । छोटो समयमा यतिको हत्या हुनु र अपराधिहरु पक्राउ पर्न प्रहरी असफल हुनु भनेको सरासर सुरक्षा कमजोरी रहेको स्थानीयहरुको भनाई छ ।