पथरी / पथरीका गायक तथा सङ्गीतकार देव गुरुङले दशैंको अवसर पारेर ‘बिर्खे दाई...’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक गुरुङले भने–‘दशैं–तिहारको अवसर पारेर मैले यो गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल जमर्काेबाट सार्वजनिक गरेको छु । आशा छ मन पराईदिनुहुनेछ ।’

चलचित्र पत्रकार सङ्घ प्रदेश नं. १ का अध्यक्ष सन्तोष राईले प्रोजेक्टरबाट भिडियो सार्वजनिक गरेका थिए । चन्दु गोर्खालीको एरेन्ज रहेको म्युजिक भिडियोको शब्द तथा सङ्गीत पनि स्वयम् गायकले नै गरेका छन् ।

म्युजिक भिडियोमा टिकाराम राई, दिलकुमार गुरुङ, चिरन सेञ्चुरी, सुदीप सेञ्चुरीलगायतको अभिनय रहेको छ । भिडियोलाई अर्जुन सेञ्चुरीले निर्देशन गरेका हुन् । https://youtu.be/ne0PAAS4CtQ