वि.सं. २०७५ साल कात्तिक ६ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर २३ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:०५ बजेउप्रान्त पूर्णिमा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह व्यापारमा लाग्नेहरूलाई राम्रै फाइदा हुनेछ। सोख र भोग–विलासमा मन जाने हुँदा फजुल खर्च भने बढ्न सक्छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ।  सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो काम पूरा नहुनाले आम्दानी पनि रोकिन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रियजनसँग भेटघाटको अवसर प्राप्त हुनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने केही पछि परिएला। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्नेछ।