तेह्रथुम / गाउँमा पहिलो पटक यात्रुबाहक बस र जीप पुगे पछि त्यहाँका स्थानीय कम्ता खेशी भएनन् । खुशीले उनीहरुले त्यहाँसम्म गाडी पु¥याउने चालकलाई फुलमाला र अविरले स्वागत गरे ।  को थियो । त्यो खुशीमा लागलीगुराँश नगरपालिकाका मेयर अर्जुन माबुहाङ पनि सामेल भए ।  ‘कोलम्बस अमेरिका पुगेजस्तै भयो कि मुसाङखेलेलाई,’तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले दशैको टिकाको दिन गाडी चालकहरुलाई फुलमाला र अबिर लगाएको तस्विरसहित फेसबुकमा पोष्ट गरेका थिए । मेयर माबुहाङका अनुसार मुसाङखेलसँगै वडा नं ८ मंगलबारे सुङनाम र सोल्मामा पनि बस पुगेको छ । अब मंगलबारे र मुसाङखेलदेखि सिधै धरानसम्म सार्वजनिक यातायातका साधन सञ्चालनमा आउने उनले बताए । गाउँलेहरुले २०४८÷०४९ सालतिर नै बाटोको लागि आफ्नो जग्गा दिएका थिए । त्यतिबेलमादेखिको उनीहरको घर आँगनबाट गाडी चढ्ने सपना भरखर पुरा भएको छ । सरकारको सडक निर्माणमा २०५२ सालदेखि लगानी भए पनि गाउँलेको गाडी चढ्ने सपना भने स्थानीय तहको सरकार बने पछि मात्र पुरा भएको सोल्माका अनिल गौतमले बताए । (तस्विर:  लालीगुराँश नगरपािलकाका मेयर अर्जुन माबुहाङकाे फेसबुकबाट)