नाइजेरियामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किदा ५५ जनाकाे मृत्यु, २४ घण्टे कफ्र्यु जारी

alt
  • कार्तिक ५, २०७५
  • १५ पटक पढिएको
  • ब्लाष्ट खबर

अबुजा /एएफपी,  नाइजेरियाली अधिकारीहरुले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घण्टे निषेधाज्ञा (कफ्र्यु) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गभर्नर नासिर एल–रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताउनुभयो । उनले शान्ति कायम गर्न सबै स्थानीयबासीसँग आग्रह गरेकाछन् ।

हउसा मुस्लिम र अदारा इसाई युवाबीच यसैसाता शुरु भएको साम्प्रदायिक हिंसाका कारण कडुनाको कसुवान मगानी बजारमा तनावको वातावरण उत्पन्न भएको थियो ।  बजारमा शुरुमा बिहीबार दुई जनाको हत्या गरिएको थियो । त्यसपछि नाटकीय रुपमा हिंसा फैलिएको थियो । अदारा युवाले त्यसपछि हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए । उनीहरुले स्थानीयबासीका घरमा आगो लगाउनुका साथै दर्जनौंको हत्या गरेका थिए ।  आफ्नो घर गुमाएका मगानीका बासिन्दा मुहम्मदु बालाले हउसा समुदायमा अधिकांश हत्या दोस्रो पटकको आक्रमणमा भएको जानकारी दिए । कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैल्याएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।  कडुना राज्य नाइजेरियाको उत्तरी भेगका बहुसंख्यक मुस्लिम र दक्षिणका इसाई बहुल क्षेत्रको बीचमा रहेको छ । यहाँ दुई सम्प्रदायबीच हिंसात्मक घटनाहरु भइरहन्छन् ।  फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौं घरमा आगजनी गरिएको थियो । सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौं मारिएका थिए । नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले दुई सम्प्रदायबीच उत्पन्न असमझदारीले पटपटक मुलुकमा हिंसात्मक साम्प्रदायिक घटना हुने गरेको बताएको केही दिनभित्रै पछिल्लो घटना भएको हो ।

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved