भिरमौरीको महले घलेकाे ज्यान लियाे 

alt
  • कार्तिक ५, २०७५
  • ५४ पटक पढिएको
  • ब्लाष्ट खबर

गोरखा / भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर यहाँ एक व्यक्तिको मुत्यु भएको छ ।  जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए । छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह भिक्न हिँडेका घले मह भिक्दै गर्दा एक्कासि चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाइ उद्धृत गर्दै उनले बताए । “बाबु चिप्लिएर खसे पछिसँगै भिरमा मह झिक्न पुगेका छोरा गिर्जा घलेले स्थानीयलाई खबर गरे, गाउँका सबैमान्छे खोजतलास गर्न पुग्याै, घलेले भन्नुभयो, “करीब तीन/चार घण्टापछि बल्ल मृतावस्थामा उनलाई फेला पा¥यौँ ।” घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारदेखि करीब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए । भिरबाट करीब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाइ छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए । कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह भिक्न जाने गरेका छन् ।

पाचँथरमा सामुहिक हत्

धरान ।  नाैं जनाकाे हत्या भएकाे पाँचथरको मिक्लाजुङ

७० वर्ष पुरानो पुस्त

भद्रपुर/ झापाको सदरमुकाम भद्रपुर नगरको सामाजिक, बौद्धिक

दयाहाङ र लक्ष्मीकाे

गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ' परानै दिन्छु ' द

दुई परिवारका ९ जनाको

फिदिम/ पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved