ताप्लेजुङ/ताप्लेजुङको सिरिजंगा गाउँपालिका ७ स्थित ढाक्रे खोलाको भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर सोही स्थान बस्ने बर्ष ४५ को श्री प्रसाद गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गुरुङ शनिबार दिउँसो १ बजे बजारबाट घर फर्कने क्रममा भिरबाट लडेर ३० मिटर तल खसेर घाइते भएका थिए । घाइते गुरुङलाई स्थानीय क्लिनिकमा उपचार पश्चात घर लगेर सुताईएकोमा बिहान ७ बजे उनी मृत अवस्थामा फेला परेका थिए ।

घटनाको जनकारी पाउनासाथ इलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी खेवाङबाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पूरा गरेको छ ।