वि.सं. २०७५ साल कात्तिक ५ गते। सोमबार। इश्वी सन् २०१८ अक्टोबर २२ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– त्रयोदशी, २१:२३ बजेउप्रान्त चतुर्दशी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वैदेशिक यात्रा लाभदायक रहनेछ। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। मिहिनेतले राम्रो प्रतिफल दिलाउन सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अभावको अवस्थाबाट मुक्ति मिल्नेछ भने दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। कामको चाप भने बढ्न सक्छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यवसायमा पनि फाइदै हुनेछ। तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु

आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द

अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। धेरै बोल्दा समस्या आउन सक्छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा फाइदा हुनेछ।