पथरी / पूर्वपश्चिम राजमार्ग अत्तरगत मोरङको पथरीमा न्यू नागरीक यात्रुबाहक बस पल्टिदा बसमा सवार सबै घाइते भएका छन् । आइतबार १२ बजे पूर्वबाट धरान जादै गरेको को १ ख ४५१७ नम्बरको बसले पश्चिमबाट पूर्व जार्दै गरेको नम्बर नखुलेको कारलाई जोगाउने हुँदा बस पल्टिएको हो । पथरीशनिश्चरे–१, स्थीत ट्राफिक प्रहरी कार्यालय देखि ५ सय मिटर पूर्व घटना भएको हो । वस अनियन्त्रीत भई सडकको उत्तर पटि पल्टिएको थियो । बसले क्षमता भन्दा बढी यात्रु बोकेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताए । बसमा लगभग ५० जना भन्दा बढी सवार भएको घटनामा घाइते हेमकुमारी थापा खड्काले बताइन् । घटनामा घाइते मध्ये इटहरी–४, की हेमकुमारी खड्काको टाउँकोमा चोट र उर्लाबारी –१,कृष्ण रिजाल देब्रेकोखमा भित्री चोट लागेको छन् । उनीहरुको पथरी हस्पिटलमा उपचार भैरहेको छ । केही सामान्य उपचार पछि घर फर्केकी सकेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्