तेह्रथुम  / फेदाप गाउँपालिका ओयाक्जुङ्गमा रहेका जोगी समुदायले अकवरे खोर्सानी खेती गरेर मनग्य आम्दामी गर्न थालेका छन् । जोगी समुदायका महिलाहरु आजभोली बर्षमा ५० हजार भन्दा बढीको अकवरे खोर्सानी बेच्ने गरेको बताउछन् । बाह्रै महिना ‘फेरी’ लगाएर श्रीमानले ल्याएको चामल पैसाले दुःखले घर खर्च चलाउदै आएका जोगी समुदायका महिलाहरु यति बेला अकवरे खोर्सानी खेतीमा लागेका हुन् । आफ्नो बारी नभए पनि अर्काको बारी भाडामा लिएर चार वर्ष देखि खेती गरेको करुणा जोगीले बताईन् । थोरै लागनीबाट धेरै आम्दानी लिन सकिने यो खेती पछिल्लो समय जोगी समुदायका महिलाहरुको रोजीरोटीको साहारा बनेको छ । उनिहरुले उत्पादन गरेको अकबरे खरिदका लागि बारीमै ब्यापारी आएर लैजाने गरेका छन् । खोर्सानी बेचेको पैसाले खान, लाउन र घर व्यवहार चलाउन सजिलो भएको बालकुमारी जोगीले बताईन् । अर्गानिक रुपमा खेती गर्दै आएका जोगी समुदायका महिलाहरुले उत्पादन गरेको अकबरे धरान, धनकुटा, विराटनगर सम्म कोशेलीको रुपमा पनि लैजाने गरेका छन् । अकवरे खोर्सानी यस वर्ष प्रतिकेजी ३ सय देखि ३ सय ५० रुपैया सम्ममा विक्रीहुदै आएको छ । गत वर्ष २० हजार रुपैयाको अकवरे बेचेकी निसा जोगीले यस वर्ष ५० हजार रुपैयाको विक्री गर्ने बताईन् । व्यवसायीक अकवरे खुर्सानी खेतीमा लागेका जोगी समुदायका किसानले तीन महिनाको अवधिमा १० लाख भन्दा बढी रुपैंया गाउँमा भित्राउन सफल भएका छन् । अलैची र अदुवा पछि जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अकवरे खुर्सानी विक्री गरेर किसानले यती धेरै रकम गाउँमा भित्राउन सफल भएका हुन् । यस क्षेत्रमा उत्पादित अर्गानिक अकवरे खुर्सानीको माग भारतीय बजारवाट समेत आउन थालेपछि महिलाहरुले यस वर्ष खुर्सानी खेती दोव्वर वनाएका हेम जोगीले बताए । उत्पादीत खुर्सानी पुर्वी तराई र भारतका सिलगुढी, दार्जीलिङ र जोवनी लगायतका बजारमा निर्यात हुने गरेको छ । एक महिनामा ३ सय विरुवाबाट २० हजारको आम्दानी गरेको सुकमाया जोगीले बताईन् । उनीहरुले खुर्सानीको अचार वनाएर वेच्नेसमेत गरेका छन । विभिन्न सघ सस्थाले सहयोग गर्न थाले पछि अकवरे खेती तिर कृषक उत्साहित वनेका हुन । बजारमा विक्रि गर्ने समस्या नभएको अरुणा जोगीको भनाई रहेछ । उनले १ सय ५० वटा खुसानीको विरुवा रोपेर खेती थालेकी थिईन् । अकवरे खुर्सानी दैनिक खादा विभिन्न रोगको औषधी समेत हुने गरेकाले अकवरे फस्टाउन थालेको हो । महिलाहरुको आर्थिक स्थर उकास्नका लागी राम्रो आम्दानीको माध्यम खोर्सानी वन्न थालेको छ । लेकाली तथा औलाका क्षेत्रमा फस्टाउने यो वाली तर्फ अहिले कृषकको लगानी समेत वढ्न थालेको छ । अहिले जोगी समुदायका महिलाहरुले धान तथा मकै फल्ने खेत वारी मासेरे अकवरे खेति गर्ने गरेका छन । उनिहरुलाई व्यवसायीक अकवरे खुर्सानी खेतीका लागि देउराली सोसाईटीले केही आर्थिक तथा प्राविधिक सहयोग गरेको उनिहरुको भनाई छ । अति गरिव तथा लोपउन्मुख जातीको सुचीमा रहेका जोगी, माझि जस्ता समुदायका लागि स्थानीय सरकारले दिर्घकालिन योजना बनाएर सहयोग गर्न सके उनिहरुको जीवन यापन सहज हुने थियो ।