वि।सं। २०७५ साल कात्तिक ४ गते। आइतबार। इश्वी सन् २०१८ अक्टोबर २१ तारिख। नेपाल संवत् ११३८ कौलाथ्व। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। आज लक्ष्मीको कृपा प्राप्त हुनुका साथै मनग्गे धन लाभ हुनेछ। बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह सम्भावना देखिए पनि सोचेजस्तो फाइदा नहुन सक्छ। ताकेको उपलब्धि प्राप्त गर्न मुस्किलै पर्नेछ। धेरै समय अरूका लागि बुद्धि खर्चनुपर्नेछ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला। साथमा सहयोगीहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम खर्च हुनेछ। आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ। सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला। सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ माहोलमा पुगिए पनिसाथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते स्वास्थ्यगत कमजोरीले आँटेको काममा विलम्ब हुन सक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग निकै जुध्नुपर्नेछ। बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु मौकामा अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे समयमा अग्रज तथा सहयोगीहरू जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि दायाँ हातमा लक्ष्मीको वास हुनाले मनग्गे आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द अवसर खोजी गर्नुपरे पनि आज प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउन सफल भइनेछ। मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि धेरै खर्चको माहोल देखिए पनि धैर्यले काम लिँदा फाइदा हुनेछ। तर घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुन सक्छ।