ताप्लेजुङ/ताप्लेजुङमा हिजोवाट नेपाल टेलिकमको सतही (ल्याण्डलाइन) टेलिफोन र स्काई मोबाइल सेवा अवरुद्ध छन् ।

स्थानीयस्तरमा सतही टेलिफोन सेवा सञ्चालनमा रहेको भए पनि एसटिडी सेवा भने अवरुद्ध रहेको नेपाल टेलिकम ताप्लेजुङका कर्मचारी दिपेन खवासले जानकारी दिए ।

मोबाइल सेवामा पनि सोही समस्या रहेको भए पनि कुनै–कुनै बेला सम्पर्क हुने गरेका छन् ।

यस सम्बन्धमा माथिल्लो निकायमा आफुँले जानकारी गराएको खवासले वताउनुभयो । दसैँ जस्ता चाडवाडको समयमा आफन्त सँग कुराकानी गर्नको लागि अत्याधिक प्रयोग हुने टेलीफोन सेवा अवरुद्ध हुदाँ सेवाग्राही मर्कामा परेका छन् ।

आधारभुत आवश्यकताको रुपमा लिईएको टेलिफोन सेवा विगत २४ घण्टा देखि अवरुद्ध हुँदा पनि त्यसमा सुधार नआएको भन्दै स्थानियले गुनासो गरेका छन् ।